प्रयोगशालाले लिन नमानेपछि तीन दिनदेखि अस्पतालमै थन्कियो २२३ जनाको स्वाब, गलत रिपोर्ट आउने सम्भावना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १७, २०७७ आइतबार ४:२१:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/Hospital-1_klQNB5Kqpy.jpg)
◊ धीरुभाइ
१७ जेठ सप्तरी । सरकारले सञ्चालन गरेको कोरोना परीक्षणको विभिन्न प्रयोशालाहरुले सप्तरीको स्वाब लिन नमानेको कारण तीन दिनदेखि अस्पातलमा २२३ जनाको स्वाब थन्किएको छ । यसले निर्धारित समय भन्दा पछि स्वाबको परीक्षण गरिएमा गलत रिपोर्ट आउने संभावना बढेको छ ।
जिल्लाबाट पीसीआर परीक्षणको लागि पठाइएको स्वाब धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर, जनकपुर प्रयोगशालाले लिन नमानेपछि तीन दिनदेखि संकलन गरिएको स्वाब थन्किएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
यहाँको विभिन्न क्वारेन्टाइनमा समय बिताएकाहरुको कोरोना परीक्षणका लागि संकलित दुई सय २३ जनाको स्वाब नमूना राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लकजम्बरमै थन्किएको उनलेले बताए । संकलन गरिएको स्वाब बढीमा ७२ घण्टा भित्र परीक्षण गरिसक्नु पर्ने उनले भने, प्रयोगशालालाई जति हारगुहार गरेपनि लिन मानेन । संकलन गरिएको स्वाब नमूना खेर जाने स्थिति आउन लागेको छ ।
क्वारेन्टाइनमा समयावधि पूरा गरेकाहरुको स्वाब नमूना संकलनका लागि तोकिएको राजविराज स्थित राजदेवी, हनुमाननगर, महदेवा, खडक, विष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडीमा केन्द्रबाट उक्त स्वाब नमूना संकलन गरिएको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयमा डिफ्रिजको अभावले अस्पतालको लकजम्बरमा सधै आइस ‘वरफ’ फेरेर राखिएको उनले भने, लकजम्बरमा सुरक्षित राखिए पनि ७२ घण्टा भित्र जाँच गरेमा मात्र ठिक परिमाण आउनेछ । त्यसपछि परीक्षणको रिपोर्टको कुनै ग्यारेन्टी छैन ।
उनका अनुसार जिल्लामा एक हजार २७९ जनाको स्वाब संकलन गरिएकोमा ५५५ जनाको नतिजा आउन बाँकी रहेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिकामा १२, बोदेबर्साइन नगरपालिकामा १९, बलान बिहुल गाउँपालिकामा चार, राजविराज नगरपालिकामा चार, सुरुङ्गा, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाकामा एक÷एक जना गरी ४२ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
यता गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा प्रदेश सरकारले उपलब्ध गराएको पीसीआर मेसिनबाट आइतबार देखि स्वाब परीक्षण गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार