अन्तराष्ट्रिय उडान असार १६ सम्म बन्द
नेपालबहस संवाददाता
जेठ १७, २०७७ आइतबार ४:३३:३०
१७ जेठ, काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ । पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । बैठकले अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता डा खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्नगराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ ।
त्यसैगरी आज बसेको सुरक्षा परिषद्को बैठकमा अन्तरराष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तराष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए। उनले भने, “खासगरी अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार
मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
मंसिर ५, २०८१ बुधबार
नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने
मंसिर ५, २०८१ बुधबार