संविधान संशोधन प्रस्ताव पेश गरिने
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १७:१३:१७
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव पेश गरिने भएको छ ।सरकारका तर्फबाट कानून तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले यस सम्वन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका संसद सचिवालयले निर्धारण गरेको छ ।
अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गरिने तय भएको कानून मन्त्री तुम्बाहाम्फेले दिएकी छन् । संविधानमा नेपालको नक्शासहितको निशान छाप समावेश गर्ने गरी संशोधन प्रस्ताव तयार गरिएको पनि उनले बताइन् । यसअघि गत बुधबारको कार्यसूचीमा परेको यो प्रस्ताव एकाएक स्थगित भएपछि नेपाली राजनीतिक वृत्तमा विभिन्न खाले अड्कल गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि यस सम्बन्धी प्रस्तावको पक्षका उभिन तयार भएपछि सरकारले आज फेरि प्रस्ताव दर्ता गर्न लागेको हो । कांग्रेसको हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले संविधान संशोधनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस प्रस्तावको पक्षमा उभिएपछि संसदमा दुई तिहाईले पारित हुनेछ । यस सम्बन्धमा अर्काे प्रतिपक्षी दल जनता समाजवादी पार्टी भने अझै अनिर्णित छ । यो संशोधनसँगै विगतदेखि आफूहरुले उठाएका माग पनि संबोधन गर्न उसले शर्त राखेको छ । तर प्रधानमन्त्री केपी ओली भने हाल यही मात्र संशोधन गर्ने पक्षमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार