राष्ट्रियताका पक्षमा कांग्रेसले गरेको निर्णय सकारात्मक : सांसद
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १८:३०:१०
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिए ।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाधरुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो¥याएको छ ।
बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताका पक्षमा उभिने कांग्रेसको निर्णय सकारात्मक छ भन्दै यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफैमा महत्वपूर्ण रहेको बताए।
सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताए। उनले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद शान्तिमाया पाख्रिनले राष्ट्रियताप्रति कांग्रेसको समर्थन सराहनीय छ भन्दै आगामी दिनमा अन्य राष्ट्रिय हितका सवालमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन । सांसद सुरेन्द्रकुमार कार्कीले भारतमा रहेका नेपाली विभिन्न नाकाबाट फर्किने क्रम बढिरहेकाले उनीहरुलाई नाकाबाट व्यवस्थितरूपमा आआफ्नो गाउँ तथा थातथलोमा पु¥याउन माग गरे ।
सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको भन्दै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गरे । सांसद बिन्दा पाण्डेले क्वारेन्टिनमा समेत महिला हिंसाका घटना बढेको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे । सांसद शशि श्रेष्ठले बन्दाबन्दीले अर्थतन्त्र धराशायी बनेको भन्दै यसलाई क्रमशः खुकुलो बनाई जनजीवन सहज बनाइनुपर्ने बताइन ।
सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य छ भन्दै दोषीलाई कारवाही गर्न माग गरिन । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सत्य पहाडीले रुकुम घटना मानवजतिकै कुरुप घटना हो भन्दै बेपत्ताको खोजी गरी दोषीलाई कडा कारवाही गर्न तथा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरे । सांसद सुदन किराँतीले पूर्वका भोजपुरलगायत पहाडी जिल्लामा कोभिड–१९ को परीक्षण दायरा बढाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सङ्घीय सरकारसमक्ष माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार
न्युजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ५, २०८१ बुधबार