कोरोनाविरुद्ध खोप तयार भएको जिकिर : परीक्षण माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १८:५१:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Coronavirus-Vaccine3_0z63GE65Gj.jpg)
१८ जेठ, हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका छन् । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् ।
सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए । एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।
वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको हो । केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।
‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे । कलेजका प्रा दामोदर गैरेले पनि डा दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे। यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार