विश्वकर्मा समाजले चौरजहारी घटनाका मृतकलाई सहिद घोषणाको माग गर्दै बुझाइयो ज्ञापनपत्र
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २३:३०:५५
◊ धीरुभाइ
१८ जेठ, सप्तरी । विश्वकर्मा उत्थान समाज नेपाल सप्तरीले रुकुम पश्चिम चौरजहारी घटनाका मृतकलाई साँस्कृति सहिद घोषणाको माग गर्दै शनिबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको छ । समाजले सो घटनाका पीडित परिवारलाई क्षतिपूर्ती शान्ति सुरक्षा, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग समेत माग गरेको हाे।
समाजका अध्यक्ष राजेन्द्र विश्वकर्मा र सचिव राजु विश्वकर्माले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा घटनामा संलग्न दोषीहरु उपर निष्पक्ष छानविन गर्न पीडित समुदायको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय छानविन समिति गठन गर्न र दोषीहरुलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई बुझाइएको ज्ञापन पत्रमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोती निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुनेक्रममा जेठ १० गते सामुहिक हत्या गरिएको उल्लेख छ ।
आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी ८, सोती पुगेका जाजरकोट भेरी ४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, सन्जु विक, लोकेन्द्र सुनारको हत्या हुनुका साथै सँगै गएका गोविन्द शाही अझै बेपत्ता रहेको बताइएको छ ।
ज्ञापन पत्रमा चौरजहारीको घटनाले एक्काइसौं शताब्दीमा पनि यस घटनाले नेपाली समाजलाई लज्जित बनाइएको भन्दै उक्त घटना सुनियोजित ढगले गरिएको दावी गरेको छ । त्यस्तै रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरलेरु बलात्कार गरेको ज्ञापनपत्रमा तर शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नु पर्ने जिम्मा लगाएको उल्लेख छ ।
बलात्कारीकै जिम्मा दिएको अर्कोदिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत हाम्रो गम्भिर ध्यानकषर्ण भएको भन्दै १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार