नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुग्यो
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार २२:३४:०
१९ जेठ, काठमाडौं । नेपालमा सोमबार एकैदिन २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित दुई सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको छ ।
विराटनगरमा भएको परीक्षणमा झापाका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका तीन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ, जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।
सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका पाँच गरी ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा गरिएको परीक्षणमा कलिवस्तुका दुई, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ, जसमा धनुषाका सात, कपिलवस्तुका ३८, महोत्तरीका दुई, मकवानपुरका एक, सर्लाहीका ३८, सिरहाका पाँच र उदयपुरका एक जनामा पोजेटिभ देखिएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलालीका १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरका एकरएक जनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका सात जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका नौ जनामा पोजेटिभ देखिएको छ ।
अहिले प्रदेश नम्बर १ मा एक सय ३८, प्रदेश नम्बर २ मा पाँच सय ८९, वाग्मती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा पाँच सय ७०, कर्णाली प्रदेशमा एक सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी एक हजार ५ सय ६९ जना सङ्क्रमित उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।
देशभरिका विभिन्न अस्पतालमा उपचाररत दुई सय २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार नौ सय तीन र आरडीटी विधिबाट एक लाख १३ हजार सात सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार तीन सय १० र आरडीटीबाट दुई हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरि क्वरेण्टीनमा रहेकाको सङ्ख्या एक लाख ३३ हजार नौ सय ७५ रहेको छ ।
सोमबार थपिएका सङ्क्रमितमध्ये दुई सय १३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। आज एक जना डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई सय २२ भएको छ । सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
राष्ट्रपति भवन शीतल निवासमा धान रोपाइँ
असार १५, २०८१ शनिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नजनाउने
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार