राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सेना परिचालन गर्नेबारे छलफल
नेपालबहस संवाददाता
जेठ १९, २०७७ मंगलबार १:१:१४
१९ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बिहान १० बजेतिर शितलनिवास पुगेका थिए ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उनीहरूबीच झन्डै सवा एक घण्टाजति कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई सरकार सञ्चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल गरेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली कोरोना महामारीमा नेपाली सेना परिचालन गर्नेबारे छलफल गर्न शितल निवास गएका हुन् । संविधानको धारा २६७ को उपधारा ९६० नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ । नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महीनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन हुनु पर्ने उल्लेख छ ।
सरकारले शनिबार रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार