श्रमिकको पारिश्रमिक कटौती गर्न कुवेत सरकारले दियो अनुमती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १३:३९:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/kuwet_xGDi929XHc.jpg)
पुष्पराज खड्का
२० जेठ, कुवेत । कुवेत सरकारले यहाँ रहेका निजी रोजगारदाता कम्पनीहरुलाई पारिश्रमिक कटौती गर्न पाउने अनुमती दिएको छ । सो अनुमती प्रदान गर्नको लागी कुवेत सरकारले सन् २०१० मा बनेको निजी क्षेत्रका श्रमिक सम्बन्धी ऐनको बुँदा नं. ६ मा रहेको व्यवस्थालाई संशोधन गरेको छ ।
संशोधित प्रवधान अनुसार कुवेतमा कोरोना भाइरसको कारणले आर्थिक गतिविधीमा असर परेका निजी रोजगारदाता कम्पनीहरुले कोरोना संकट अवधी भरको आफ्ना कामदारहरुका पारिश्रमीक कटौती गर्न सक्ने छन् । त्यसरी कटौती गर्न सकिने पारिश्रमीकको पर्सेन्टेज तथा अनुपात भने खुलाइएको छैन ।
कोरोना माहामारीका कारणले आर्थिक गतिविधीमा पर्न गएको असरलाई र श्रम बजारलाई सम्बोधन गर्न सरकारले संसदको अर्थ समितीलाई नयाँ संशोधित श्रम नियम २०२० नं. ८६ सिफारिस गरेको हो । पारिश्रमिक कटौती सम्बन्धी बनेको नयाँ कानुन कुवेत सरकारले घोषणा गरेको कोरोना प्रभाव अवधीसम्म मात्रै लागु हुने अस्थायी प्रावधान भएको कुरा स्पस्ट पारिएको छ ।
कामदारको तलव कटौती सम्बन्धी नयाँ नियमले कुवेतमा रहेका बाह्य मुलुकका कामदारहरु बढि मर्कामा पर्ने भएका छन् । त्यस्तै कुवेतमा कार्यरत ७५ हजार बढी नेपाली कामदार पनि मर्कामा पर्ने अनुमान गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई अध्यक्ष ढकालको आग्रह
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार