बीउ राख्ने बेलामा सहुलियतको मलखाद व्यापारीका हातमा
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १४:४९:५९
२० जेठ, लुम्बिनी । बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गरेका छन् । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले पारदर्शी ढंगले वितरण नगरेको देखिएकाले अबका दिनमा कडाइ गरिने बताए ।
मन्त्री पौडेलले कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम तथा कार्यालयमार्फत वितरण गरिएको मलखादको तथ्यांक जाँच गर्दै भने, “ग्रामीण क्षेत्रका किसान संलग्न सहकारीले भन्दा बजारका बचत सहकारीले धेरै मलखाद लगेको देखिएको छ । यसो हुनुहुँदैन ।” सहकारीले वडाध्यक्षका सिफारिसमा बिक्री केन्द्रका नाममा मलखाद ल्याउने र बेच्ने गरेका छन् । यसबाट सहुलियतको मलखाद व्यापारीको हातमा पुगेको देखिन्छ ।
कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका बर्षखि नै मलखाद दिने गरिएको बताए । श्रीवास्तवका अनुसार बन्दाबन्दीका कारण भारतको बन्दरगाहमा मलखाद आएर रोकिएकाले समस्या देखिएको हो । किसानका लागि मलखादको प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारले कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार