गहुँको मुल्य दुईसय गुणा बढ्ने भन्दै कांग्रेस युवानेता भण्डारीद्धारा कृषिमन्त्रीलाई पत्र
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १६:२७:१२
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले नेपाल सरकारका कृषिमन्त्री घनश्याम भुषाललाई एक पत्र लेख्दै आइतबारदेखि भारतमा गहुँको मूल्य डेढगुणा बढेको जानकारी गराउँदै नेपालमा पनि त्यसको गहिरो प्रभाव पर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।
गहुँ आँटा लगायतका कतिपय खाद्यान्न भारतबाटै ठूलो परिणाममा आयात गर्नुपर्ने बाध्यता रहेको जनाउँदै नेता भण्डारीले त्यसतर्फ कृषिमन्त्री भुसालको रणनीतिक तयारी नपुगेको बताएका हुन् । अर्कोतर्फ नयाँ बजेटले पेट्रोलियम पदार्थमा गरेको अत्यधिक मुल्यबृद्धिबाट गहुँ आयातको ढुवानी, गोदाम खर्च र कारखानाको लागत खर्च पनि निश्चितरुपमा बढने दावी गरेका छन् । उनले लकडाउनमा भोकमरीका कारण भारतमा मृत्यु भएका तीनजना नेपाली नागरिक बारे मन्त्रालयले थाहा नदिएको हो वा नेपाल सरकार बेखबर रहेको हो भन्ने प्रश्न गर्दै बामपन्थी विद्वानमन्त्रीको बौद्धिकता खोक्रो त होइन भन्दै उपहास र आलोचना गरेका छ्न् ।
नेपालीहरु जन्मजात किसान रहेको बताउँदै नेता भण्डारीले धराशायी नेपाली अर्थतन्त्र अनि त्यसमाथि उधोगी व्यसायीलाई लकडाउन अवधिमा कर्मचारीको तलब र बैंक ब्याज लगायतको घाटाको क्षतिपूर्ति सरकारले नदिएपछि अब नेपालमा गहुँ तथा पिठोमा दुईसय प्रतिशतसम्मको मुल्यबृद्धि हुने दावी गरेका छन् । परनिर्भरता र आयातमुखी सरकारको नीतिले मारमा परेका नेपाली किसान एकातिर आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाएर रोईरहेको बेला लकडाउन र सरकारी असहयोगले आत्महत्या नजिक पुगेको उनको भनाई छ । अब विभिन्न मुलुकबाट आयात गरिने खाद्यान्नमा पनि भारी मुल्यबृद्धिले अहिले राहत बाड्नेहरु नै भोलीको दिनमा राहत माग्ने लाईनमा बस्न बाध्य हुने यूवानेता भण्डारीको तर्क छ ।
नेबिसंघका पुर्व कावा अध्यक्ष समेत रहेका भण्डारीले ओली सरकार कै छत्रछाँयामा नक्कली बीउ र मल बिक्रीवितरण भैरहेको गम्भीर आरोप समेत लगाएका छन् । हिजो पन्चायतकालदेखि बहुदलीय ब्यवस्थामा पनि किसानले अनुदानमा मल, बीउ र उचित समर्थन मुल्य पाएको तर अस्तब्यस्त दुईतिहाईको सरकारले किसानको पेटमा लात हानेको देखेर आश्चर्यचकित र क्रोधित भै मन्त्रीको ध्यानाकषिर्त गर्न पत्र लेखेको युवानेता भण्डारीले नेपालबहस डटकमलाई बताए ।
किसान विज्ञको समेत परिचय बनाएका नेता भण्डारी भन्छन, “नेपालमा अन्न आपूर्तिकर्ता भारतसहितका देशहरु सलह किराको आतंक र क्षतिबाट जुझिरहेकोले अब गहुँ बाहेक चामल, मकै, दाल, तेल, तरकारी, जडिबुटी, मसला र फलफुल मै दोब्बर मुल्यबृद्धिको संभावना छ । यसबारे नेपाल सरकारले देशभित्र उत्पादन बढाउन बजेटको प्राथमिकता रकम शिर्षकसहित सार्वजनिक गर्न आग्रह गर्दछु ।”
नेता भण्डारीले नेपालका बुढापाकाले ३० बर्ष अघि सुर्यलाई ढाकेर अप्ठ्यारो पार्दै सलह किरा आएर बाली खायो भनेको स्मरण गर्दै अहिले अफ्रिकाबाट सोमालिया, केन्या, तान्जेनिया, साउदी अरब, बङ्गलादेश, पाकिस्तान हुँदै भारतका राजस्थान, गुजरातमा भोकमरीको महासंकट त्यही फौजी किराले पुनः ल्याउने बताएका छन् । हेर्दा फट्याङ्रा झैं देखिने सलह किराले हरियो पात भएको सबै बोट खाने हुँदा सो क्षतिको असर नेपालमा न्युनिकरण गर्न किटनाशक औषधि र अग्नि स्प्रे ल्याउन कृषि मन्त्रालयको तयारी बारे पनि कृषिमन्त्रीको ध्यानाकर्षण गराएका छ्न ।
यूवा नेता भण्डारीले नयाँ बजेटमा कृषकको कृषिजन्य उत्पादनको उचित मूल्यसहित बजारको जिम्मा र निशुल्क बीमा गर्दै अन्न, फलफुल, तरकारी, जटिबुटी, पुष्पसहित पशुपन्क्षी र दुग्धजन्य ब्यवसायको बैज्ञानिक तालिम, निशुल्क आर्गेनिक मल र बीउ बितरण गरि नेपालको कृषि बजेट प्राबिधिक सहयोग र अनुदान केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । भण्डारीले आर्थिक दुराअवस्था उकास्न बिश्व कै गुणस्तरीय नेपाली गाँजा खेती र बिक्रीबितरण खुला गरि औषधि र सबैखाले प्रयोगका अन्तर्राष्ट्रिय कानुन बमोजिम खुला गर्न कृषिमन्त्रीसँग माग समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार