कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ नाघ्यो
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १८:५७:४८
२० जेठ सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
हुम्लामा लगातार हिमपात, सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार