स्पेनमा २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १९:१७:१२
२० जेठ एजेन्सी । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए ।
पत्रकार सम्मेलनका क्रममा उनीले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिए । “संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।”
स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।
देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ । शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।
स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ । तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताएका छन् । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार