केसी परिवारद्वारा विरुवामा स्वास्थ्य सामाग्री र खाद्यान्न राहत वितरण
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १९:४८:२०
२० जेठ, स्याङ्जा । “जननी जन्मभूमिश्च, स्वर्गादपि गरियशी अर्थात जन्मभूमि भनेको स्वर्गभन्दा पनि प्यारो हुन्छ ।” यस्तै भाव बोकेको एउटा परिवारले आफ्नो जन्मभूमि स्याङ्जा बिरुवालाई स्मरण गरेको छ । जन्मभूमि स्याङ्जाको आरुखर्क विरुवा भएपनि अमेरिकालाई हाल कर्मभूमि बनाएका राजु केसी र उनकी धर्मपत्नी कृष्णकुमारी केसीले कोरोनाभाइरसले आक्रान्त भई थला परेको गाउँलाई सम्झेर राहत पठाएका छन् । उनलाई साथ दिएका छन् – केसी परिवारकै अन्य सदस्यहरुले ।
मातृभूमिप्रतिको ऋण धेरैले तिर्न सक्दैनन्, चाहेर पनि नमिल्न सक्छ । तर अमेरिकामा बसोवास गर्ने राजु र कृष्णकुमारीले भने जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो मिलाएका छन् । अमेरिकामा बसेर पनि समाजसेवामा रमाउने राजुले यो मन त मेरो नेपाली हो भन्ने गीतलाई फेरि एकपटक सम्झाएका छन् ।
बिरुवा गाउँपालिका – ८ आरुखर्कका राजु र कृष्णकुमारीले गाउँकै दुईवटा स्वास्थ्य चौकीलाई पीपीईलगायतका स्वास्थ्य सामाग्री र बिपन्न परिवारका लागि राहतको जोहो गरेका हुन् । केसी दम्पतिको यो सदिच्छा पूरा गर्न परिवारकै सदस्यहरुले सहयोग गरेका छन् ।
हाल पोखरा बस्ने दाजु उदय केसी उर्फ लाहुरे दाई तथा भाईहरु रविन तथा रमेश केसीको समन्वयमा आरुखर्क, घर्तिखोला, कुसुन्डे र मेथाभुरुङ टोलका बिपन्न १७ धुरी परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । जसमा प्रत्येक परिवारलाई २० केजी चामल, १-१ लिटर तेल, १ केजी दाल र नुन तथा सर्जिकल मास्क दिइएको हो ।
उनी नेपाल इलेक्ट्रोनिक्स व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका छन् । समाजसेवा प्रति सधैं विशेष रुची राख्ने केसी परिवार नेपाली कांग्रेसप्रति आबद्ध रहेको छ । भाई रमेश केसी पनि गण्डकी प्रदेश कै चर्चित भलिबल खेलाडी हुन् ।
यस्तै स्थानीय भीरकोट स्वास्थ्य चौकी मेथाभुरुङलाई थर्मल गन १ थान लगायत पीपीई सेट– ६ र एन ९५ मास्क–५०, सर्जिकल मास्क १०० थान, पञ्जा १०० जोर,ह्याण्ड स्यानिटाइजर २ लिटर, क्लोरिन २० लिटरलगायत स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । यस्तै सोही गाँउपालिकाको वडा न. १ मा रहेको विरुवा स्वास्थ्य चौकीलाई पनि थर्मल गन १ थान, पीपीई–६ सेट, एन ९५ मास्क–५० पीस, सर्जिकल मास्क १०० थान, पञ्जा (ग्लोब्स) १०० जोर,ह्याण्ड स्यानिटाइजर २ लिटर, क्लोरिन २० लिटरलगायत स्वास्थ्य सामग्री उपलव्ध गराइएको हो ।
राजु केसीले आफ्नो जन्मभूमिमा केही राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । नेपालबहस डटकमलाई प्रतिक्रिया दिंदै उनले भने– महामारीका बेला आउन नसकेपनि सानो सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको छ । आफ्नो इच्छा पूरा गर्न दाजु र भाईहरु एवं गाउँलेबाट प्राप्त सहयोगप्रति उनले आभार प्रकट गरेका छन् । साथै, आगामी दिनमा पनि मातृभूमिप्रतिको कर्तव्य निर्वाह गर्न पछि नहट्ने उनले बताए ।
राहत सामग्री हस्तान्तरण गरेपछि उदय केसीले भने– भाई राजुले नै हामीलाई यहाँ आउन प्रेरित गरेको हो । भोलिका दिनमा थप सहयोग गर्न हामी उत्सुक छौं । केसी परिवारले पहिलो लटमा करिब २ लाख बराबरको राहत प्रदान गरेका हुन् । राजु केसी पूर्व भलिबल खेलाडी हुन् भने जेठा दाजु उदय उर्फ लाहुरे दाई पोखरामा चल्तापुर्जा व्यवसायी पनि हुन् ।
उनी नेपाल इलेक्ट्रोनिक्स व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका छन् । समाजसेवा प्रति सधैं विशेष रुची राख्ने केसी परिवार नेपाली कांग्रेसप्रति आबद्ध रहेको छ । भाई रमेश केसी पनि गण्डकी प्रदेश कै चर्चित भलिबल खेलाडी हुन् ।
वडा नं १ का वडाध्यक्ष युवराज केसीले पनि सहयोग र राहतका लागि केसी परिवारप्रति आभार प्रकट गरे । संकटका बेला सक्नेले सहयोग गर्नुपर्छ भन्दै उनले जन्मभूमिप्रति जिम्मेवारीवोध गर्नेहरुलाई सदा स्मरण गरिरहने बताए । यस्तै स्वास्थ्य चौकी प्रमुख इन्द्रप्रसाद पौडेलले केसी परिवारबाट प्राप्त सहयोग उपयोगी भएको भन्दै त्यसका लागि धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार