क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई दैनिक २०० भत्ता
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार १९:५२:२२
२० जेठ अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टिनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक रु २०० का दरले भत्ता दिने गरिएको उनले बताए ।
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार