गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या ३७ पुग्याे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार २१:५७:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/corona_swab1_XgMPZft8q2.jpg)
२० जेठ, कास्की । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० र ४० का दुई पुरुष र महाशीला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उनले बताए ।
हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना सङ्क्रमित छन् । हालसम्म तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार