इम्प्याक्टद्धारा मुसहर र मरिक समुदायलाई राहत प्रदान
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार १:३०:५२
◊ धीरुभाइ
२० जेठ, सप्तरी । सरकारले कारेान भाइरस राेकथाम तथा नियन्त्रणका लागु गरेकाे लडकाउनबाट अति प्रभावित सप्तरीको राजविराज नगरपालिका ९ का दलित बस्तिका सदा (मुसहर) तथा मरिक समुदायका परिवारलाई मंगलबार राहत प्रदान गरेको छ । इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र राजविराजले लकडाउन प्रभावित दैनिक ज्यालादारी दलित मजदुरहरुलाई राहत वितरण गरेको हो ।
इम्प्याक्टको सहयोगमा वार्ड नम्बर ९ अध्यक्ष शम्भुप्रसाद यादव लालीले वार्डको कृष्णानगरका दलित मुसहरका ३० घर परिवारलाई राहत वितरण गरे । त्यस्तै सोही वार्डको मलेठ स्थित डोम समुदायका १० घर परिवारलाई समेत राहत प्रदान गरेको छ । इम्प्याक्टले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई लिटर तेल, दुई किलो नून र चार वटा साबुन सहयोग गरेको इम्प्याक्टका नरेशकुमार यादवले जानकारी दिए ।
यसअघि सो संस्थाले राजविराज नगरपालिकाको कार्यालयलाई एन ९५ मास्क दुई सय, सर्जिकल मास्क दुई हजार, थर्मोमिटर लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित राहत प्रदान गरेकोमा राजविराज नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले धन्यवाद ज्ञापन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार