दोस्रो चरणको राहत वितरण गर्दै सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुप
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार २:४:२९
२० जेठ, पोखरा । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोलका ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराइएको छ ।
मनकामना टोल , खाल्टे मसिना टोल र समितारा टोलका अति बिपन्न र कहि कतैबाट राहत नपाएकाहरुलाई राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो । धेरै पटक धेरैले राहत थापेको देख्यौं तर हाम्रो नाम र पालो कहिल्यै आएन । हाम्रा कुरा सुनिदिने कोही छैन जस्तो लागेको थियो तर आज लकडाउनको ७१ औं दिनपछि पहिलो पटक घर टोलमै राहत आएकोमा खुशी लागेको एक लाभग्राहीले बताइन् ।
पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार ई. धुव्र गर्बुजाले प्रा.डा. सूर्यमणि अधिकारी प्राविधिक भएकाले इन्जिनियरहरूले प्रकृतिको दोहन मात्रै होइन संरक्षण गर्नुपर्ने सन्देश दिए । उनले कोरोना भाइरसले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको छ भनेर प्रष्ट पारे ।
वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने व्यक्तिको खोजी मनोहर युवा क्लबका कोषाध्यक्ष शैलेश बानियाँ, मनकामना टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र केसी र मसिना टोल विकासका अध्यक्ष लक्षमण गुरुङले गरेका थिए । प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाको उपस्थित रहेको सो कार्यक्रममा पोखरा इन्जिनियर्स ग्रुपका ई.शक्ति बरुवालले कार्यक्रम संचालन गरेका थिए भने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारीले कोइरालाले सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिन फेरि पनि अर्को चरणको राहत बितरण कार्यक्रम लिएर आउने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार