१४ दलद्वारा भारतीय दूताबास अगाडि धर्ना
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार १:४४:४५
२० जेठ, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेपछि चुलिएको विवादलाई साम्य पार्न सरोकारवाला देशले चासो देखाउनुपर्ने माग राख्दै आज १४ राजनीतिक दलले ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस (बीपी)को अगुवाईमा आज भारतीय दूताबास अगाडि धर्ना समेत दिइएको छ । साना बाम तथा प्रजातान्त्रिक दलहरु मिलेर विवादित भूमि नेपालको भएकाले आवश्यक सहयोग गर्न चीन तथा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको नेका वीपीका महामन्त्री सुशीलमान शेरचनले बताएका छन् ।
१४ वटै दलका प्रतिनिधि सहभागी भई ज्ञापनपत्र बुझाउन जाँदा भारतीय दूतावासले लिन नमानेको जानकारी उनले दिए । तर चिनियाँ दूतावासले भने ज्ञापनपत्र लिएको भन्दै महामन्त्री शेरचनले भारतीय दूतावासले राजनीतिक व्यवहार नदेखाएको भन्दै धर्ना दिइएको पनि बताए ।
भारतले गत बैशाख २६ गते नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि विवाद चुलिएको छ । भारतले गएको असोजमै नेपाली भूमिलाई समेटेर राजनीतिक नक्शा जारी गरेपनि नेपालले भने यही जेठ ७ गते मात्र नयाँ नक्शा जारी गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
साहारा सहकारी ठगीमा सम्लग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार