कोरोना भाइरस ६१ जिल्लामा फैलियो, आज एकैदिन २६६ जना डिस्चार्ज
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार ३:९:३८
२० जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । आज देखिएको सङ्क्रमण अहिलेसम्मको बढी हो ।
यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।
एकै दिन ४५ जना डिस्चार्ज
आज एकै पटक ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एकजना मकवानपुरका ५४ वर्षीय महिला १०औँ दिनमा डिस्चार्ज भएकी हुन् ।
यस्तै गुल्मी अस्पतालमा रहेका एक ३१ वर्षीय पुरुष ८औा दिनमा, भीम अस्पताल बुटवलमा रहेका २५ जना आज एकै दिन डिस्चार्ज भएका छन् । तीमध्ये १६ जना रुपन्देहीका ५ देखि ५० वर्ष उमेरका पुरुष तथा कपिलवस्तुका नौजना १९ देखि ३६ वर्ष उमेरका ११औा देखि २१औँ दिनमा डिस्चार्ज भएका हुन् ।
यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ आँैदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२औँ दिनमा डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको छ । ती सबै रौतहटका परोहा नगरपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाका आठ वर्षका एक बालिका र अरू ३७ जना १३ देखि ६० वर्ष उमेर समूहका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण देखिएको छ । ती स्याङजा चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाका पाँचजना १० देखि ४० वर्षका उमेर तथा पर्वत फलेवास र महाशिलाका पाँचजना १९ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।
यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकजना सप्तरी रामगढका २० वर्षका पुरुष रहेका छन् । यस्तै भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । बर्दिया गुलरिया नगरपालिका तीनजना २० देखि ३४ वर्ष उमेर समूहका, बाँकेको खजुरा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका १७ जना १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् ।
यस्तै प्रदेश अस्पताल सुर्खेत-पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी र भेरीगङ्गा नगरपालिकाका २७ जनामध्ये ८ वर्षका बालिकादेखि ६० वर्षका तीनजना महिला तथा चार वर्षका बालकदेखि ६१ वर्षका २४ जना पुरुष छन् ।
यस्तै दैलेख नारायण नपा, चामुण्डा विन्द्रासैनी नपा र नौमूले गापाका नौजना १७ देखि ३१ वर्षका पुरुष छन् । सल्यान वनगाड कुपिण्डे नपा र दार्मा गापाका १८ जना १७ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । अछाम चौरपाटी गापा र मङ्गलसेन नपाका १० मध्ये दुईजना २७ र ३० वर्षका महिला तथा आठजना २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।
कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा एकजना बारा देवताल गापाका १८ वर्षका पुरुष छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । दाङ बङ्गलाचुली नपा, राप्ती गापा र घोराही नपाका १७ जनामध्ये ११ देखि ४५ वर्ष उमेरका तीन महिला तथा १८ देखि ५५ वर्ष उमेर समूहका १४ जना पुरुष छन् । प्यूठान स्वर्गद्वारी नपाका एकजना ५९ वर्षीय पुरुष रहेका छन् ।
यस्तै सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । कञ्चनपुर नपा, पुनर्वास नपा र दीपशिला स्कुलमा रहेका क्वारेन्टिनमा आठजना २८ देखि ५० वर्ष उमेरका पुरुष छन् । कैलाली टीकापुर नपा, गौरीगङ्गा गापा र राजीपुर क्वारेन्टिनमा रहेका १० मध्ये १८ वर्षका एक महिला र २० देखि ६३ वर्ष उमेरका नौजना पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा सङ्क्रमण पुष्टि भएको छ । धनुषा हंसपुर नपाका ६ जना १५ देखि ५० वर्ष उमेर समूह, महोत्तरी रामगोपालपुरका दुईजना २४ वर्ष र ४५ वर्षका पुरुष, रौतहट दुर्गाभगवोती, राजपुर फरदावा, गढीमाईका ३६ जनामा पुरुष १२ वर्षदेखि ४८ वर्षका रहेका छन् । सर्लाही वलरा, ब्राम्पुरीका २१ जना पुरुष १३ देखि ४० वर्ष उमेर समूह, सिराहा सूर्यनारायण सत्यनारायण मरवैताका १७ जना पुरुष १६ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै भक्तपुर चाँगुनारायाण नपाका एकजना ३० वर्षका महिला छन् । धादिङको हाल परोपकार प्रसूति अस्पताल थापाथलीमा रहेकी एकजना २३ वर्षकी महिला रहेका छन् । यस्तै कपिलवस्तु चन्द्रौटा नपाका १६ जनामध्ये १९ वर्षदेखि २८ वर्षका तीन महिला र १७ देखि ४१ वर्षका १३ जना पुरुष छन् ।
काठमाडौँ मेडिकल कलेजका चारजनामा पनि सङ्क्रमण देखिएको छ । ती २४ देखि ३२ वर्षका तीन महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्व बुलिङटार गापाका एकजना १६ वर्षका पुरुष, नवलपरासी पश्चिमका एकजना २२ वर्षका पुरुष, नुवाकोट मेघान गापाका दुईजना १७ वर्ष र ३२ वर्षका दुई तथा रुपन्देही सैनामैना नपा र मायादेवी नपाका १० जना १५ देखि ५१ वर्षसम्मका पुरुष छन् । अहिलेसम्म ७५ हजार ३४३ जनाको पीसीआर र एक लाख १६ हजार ३४५ जनामा आरडिटी परीक्षण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार