पार्टी निर्णय विपरित कांग्रेस सांसदले संविधान संशोधन विधेयक दर्ता गरेको खुलासा
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार ४:४५:५९
२० जेठ, काठमाडौं । सरकारको संविधान संशोधन विधेयकलाई चुनौति दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले छुट्टै विधेयक दर्ता गराएका छन । तर यो विधेयक दर्ता भएको खुलेको छ । मंगलबार कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, प्रदीप गिरि, उमाकान्त चौधरी, अभिषेक प्रताव शाह, नमिता चौधरी र पदमनारायण चौधरीले मंगलबार विधेयक दर्ता गरेका हुन् । जुन पार्टीको निर्णय र निर्देशनविपरित छ ।
कांग्रेसको शनिबार बसेको बैठकले सरकारले ल्याएको नक्सासम्बन्धी संशोधनमा मतदान गर्ने निर्णय गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिएका थिए । तर आइतबार विधेयकमाथि कांग्रेस सांसदले संशोधन दर्ता गराउँदा संसदीय दलले थाहै पाएन ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाललाई खबरै नगरी छुट्टै विधेयक दर्ता गरेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । यद्यपी प्रदीप गिरीको समेत समर्थन र हस्ताक्षर रहेकाले यसबारेमा पार्टी सभापति देउवालाई जानकारी रहेको अनुमान पनि गरिएको छ ।
सरकारले मधेसीको हितमा संविधान संशोधन गर्न नमानेपछि कांग्रेसका मधेसी नेताले छुट्टै विधेयक दर्ता गरेको दाबी गरिएको छ । यसको मुख्य निर्देशक कांग्रेस उपसभापति विमलेन्द्र निधी रहेको पनि पाइएको छ । कांग्रेस सांसदहरुले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकमा देउवा सरकारको पालामा दर्ता भएको संशोधनमा दुई बुँदा थप भएको पाइएको छ ।
‘हामीले विगतमा ल्याएको विधेयकमा केही थपेका छौं । मुख्य कुरा राज्यको सम्पूर्ण अगंमा समानुपातिक समावेशी भन्ने छ । आयोगहरु र कूटनीतिक निकायसहित सबैतिर समानुपातिक समावेशी आवश्यक छ’ विधेयमा समावेश गरिएका विषयबारे कांग्रेस सांसद अमरेशकुमार सिंहले भने ।
यस्तै सीमान्तकृत समुदायको महिलाहरु महिला आरक्षणबाट आउन नसकेका कारण यसलाई संविधानमै राख्न प्रस्ताव गरिएका कांग्रेस सांसदहरुले बताएका छन् । अरु विषय भने पुरानै छन् । नेपालमा बिहे गरेर आउने विदेशी महिलालाई सम्बन्धित देशको नागरिकता त्याग गरेको जानकारी गराएपछि वैवाहिक अंगीकृत नागरिकता दिने, जनसंख्या र भूगोलको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व कायम गर्नुपर्ने, प्रदेशको सीमांकन हेरेफेर आयोग गठन लगायतमा विषय संशोधन विधेयकमा परेको छ ।
संसद सचिवालयमा दर्ता हुने यो तेस्रो विधेयक हो । यसअघि सरकारले, राजपा र समाजवादीले पनि दुईवटा विधेयक दर्ता गरिसकेका छन । मंगलबार नै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको थियो । तर, विधेयकको संरचना नमिलेको भन्दै संघीय संसद सचिवालयले फकाईदिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार