स्वास्थ्यकर्मी कुँवरलाई मरणासन्न हुनेगरी कुटपिट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार १६:८:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Fight-kutpit_rUT55BFk1c.jpg)
२१ जेठ, काठमाडौं । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ ।
स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ । आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् ।
स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।
स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताए । उनले भने, “स्वास्थ्यकर्मी कुँवरमाथि कुटपिटमा संलग्नलाई पक्राउ गरेका छौँ, आवश्यक कानूनी कारवाही अगाडि बढाउने छौँ ।”
कोभिड–१९ जस्तो महामारी रोगको नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको स्थानीय स्वास्थ्यकर्मीले विरोध गरेका छन् । नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले समग्र स्वास्थ्य क्षेत्रमा असर परेकाले तत्काल दोषीलाई कारवाही नगरे कडा आन्दोलन गरिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई पुरक परीक्षाको तालिका सर्वाजनिक
असार १८, २०८१ मंगलबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको एसईईमा शतप्रतिशत नतिजा
असार १५, २०८१ शनिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार