ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार १७:५१:५४
२१ जेठ राँझा । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७-७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण, औद्योगिक क्षेत्र तथा भन्सारलगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले कृषि र रोजगारीलाई मुख्य प्राथमिकता राखेर बाँकेको सिक्टा सिँचाइ आयोजना, नौवस्ता औद्योगिक क्षेत्र र नेपालगञ्जमा एकीकृत जाँच चौकीलाई नीति तथा कार्यक्रममा समेटेर बजेट विनियोजन हुनु बाँकेवासीकै लागि खुशीको कुरा भएको बताए । उनले नीति तथा कार्यक्रम र विनियोजित बजेट कार्यान्वयन हुन सके बाँकेवासीका लागि ठूलो उपलब्धि हुने उल्लेख गर्दै कार्यान्वयनमा कोभिड–१९ ले समस्या आउनसक्ने चिन्ता व्यक्त गरे ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम नहर सञ्चालनमा ल्याउने गरी सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुया¥उने उद्देश्यले १४ वर्षअघि निर्माण शुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु सकारात्मक भएको सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।
यसैगरी अलपत्र अवस्थामा रहेको बाँकेको नेपालगञ्ज एकीकृत जाँचचौकी स्थापना गर्ने र बुटवल– कोहलपुर प्रसारण लाइन विस्तार गर्ने कार्यक्रमले उद्योगी व्यापारी उत्साहित देखिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आफूहरुले उठाउँदै आएको एकीकृत जाँचचौकी स्थापनालाई सरकारले नीति तथा कार्यक्रममा समेटेकोमा खुशी व्यक्त गरे ।आर्थिक वर्ष २०७७-७८ मा बाँकेको बैजनाथ गाउँपालिकास्थित प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माणले निरन्तरता पाउने भएको छ । नौवस्ता औद्योगिक क्षेत्र प्रदेश नं ५ कै गौरवको आयोजनासमेत हो ।
गत वर्षको नीति तथा कार्यक्रममा समेत समावेश भएको नौवस्ता औद्योगिक क्षेत्रलाई यो वर्ष पनि सरकारले प्राथमिकता दिएकाले निर्माण कार्यले गति लिने आशा गरिएको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले नीति तथा कार्यक्रममा नौवस्ता औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने उल्लेख गरी बजेट विनियोजन भएकोमा आफूहरुमा उत्साह थपिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार