पूर्वमा लकडाउनको अवज्ञा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार १८:३१:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/lockdown-corona_dS2HK1yMnC.jpg)
२१ जेठ, विराटनगर । सरकारको अविबेकी निर्णयको अब अवज्ञा हुन थालेको छ । विकल्परहित बनाइएको लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि पूर्वी नेपालको प्रदेश नं. १ को राजधानी विराटनगरसहित सुनसरी र झापामा सञ्चालित बैंकहरु आजबाट निर्वाध खुलेका छन् ।
सत्ता राजनीतिको अस्त्र बनाइएको लकडाउनले आर्थिक जीवन संकटग्रस्त भएको भन्दै विराटनगर महानगरपालिकाले नै खुकुलो बनाउने नीति लिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले अब पनि लकडाउन लम्ब्याउँदा आर्थिक रुपले ठूलो नोक्शानी हुने ठहर गरी हामीले विस्तारै जनजीवन खुकुलो बनाउने नीति अख्तियार गरेका छौं भने । हिजोसम्म अल्टर्नेटिभमा खुुलेका बैंकका सबै शाखा आजबाट निर्वाध खोलिएको छ । तर स्वास्थलाई भने ख्याल गर्नुपर्ने मेयर पराजुलीले स्मरण गराए । कोरोनाविरुद्धको लडाईं अब व्यक्ति स्वयंले गर्नुपर्ने बुझिएपछि सावधानी अपनाएर आर्थिक गतिविधि गर्नुको विकल्प नभएको बताए ।
अहिले बैंक तथा वित्तिय संस्थाबाट यसको परीक्षण थालेका छौं, विस्तारै अन्य क्षेत्रलाई पनि खुकुलो बनाउने नीति रहेको छ– उनले भने । बैंक तथा वित्तिय संस्थाहरुले पनि सेवाग्राहीलाई सामाजिक दूरी कायम गरी सहयोग गर्न आग्रह गरेको छ । पूर्वी नेपालमा आर्थिक गतिविधि ठप्प हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको मोरङ उद्योग संघका अध्यक्ष भीम घिमिरेले पनि अब सबै क्षेत्र खोल्नुपर्ने बताएका छन् । यसरी लामो समय बस्ने अवस्था छैन भन्दै उनले कोरोनासँगको लडाईंलाई यथावत राख्दै आर्थिक गतिविधि बढाइनुपर्नेमा जोड दिए । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेन भने दुर्घटना निम्तिन सक्ने चेतावनी दिंदै अब सावधानी अपनाएर जनजीवन खुकुलो बनाउनुपर्ने सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
असार २०, २०८१ बिहिबार
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना
असार १९, २०८१ बुधबार
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
विश्वकप विजेता भारतीय टिम फर्कियो स्वदेश, आज मुम्बईमा भिक्ट्री परेड हुने
असार २०, २०८१ बिहिबार
विषालु च्याउ खादाँ मकवानपुरमा एकै घरका सातजना बिरामी
असार २०, २०८१ बिहिबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार
फौजी कीराले मकैबाली नष्ट
असार २०, २०८१ बिहिबार