कोरोनाले लुफ्थान्सा एयरलाइन्सलाई २ अर्ब डलरभन्दा बढी घाटा
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २१:३०:४०
२१ जेठ, एजेन्सी । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर ‘२.१ अर्ब युरो’ नोक्सानी भएको बुधबार जनाएको छ । कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको पुनः संरचना गर्ने कार्यमा पनि संकट उत्पन्न भएको छ ।
केही महिनादेखि विश्वभर हवाई सेवा ठप्पप्रायः छ । कम्पनीले यही कारण अभूतपूर्व नोक्सानी व्यहोर्न बाध्य हुनुपरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी कास्र्टन स्पोहरले एक विज्ञप्ति जारी गर्दै मागमा विस्तारै सुधार हुनेक्रममा रहे पनि कम्पनीलाई गतिशील बनाउन पुनः संरचनाका कदम चाल्नुको विकल्प नरहेको बताए ।
तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो, तर यो समय तुलनात्मक रुपमा कम पर्यटक भ्रमण गर्ने समय हो । विमान कम्पनीको निर्देशनात्मक बोर्डले सोमबार जर्मन सरकारबाट ९ अर्ब डलरको ऋण स्वीकार गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । समूहले आफ्ना सेयरहोल्डरलाई यो विषय अनुमोदन गर्न जुन २५ मा अनलाइन बैठक गर्दैछ ।
प्रस्तावित सरकारी लगानीको अर्थ हो लुफ्थान्सामा जर्मन सरकारको शेयर २० प्रतिशत हुनेछ । यो शेयरसँगै लुफ्थान्सामा जर्मन सरकारको शेयर रहेको सबैभन्दा ठूलो कम्पनी हुनेछ । युरोपेली क्षेत्रका अन्य प्रतिस्पर्धी झैं लुफ्थान्सा समूह पनि कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित छ । यस समूहले हाल युरोविङ्स, स्वीस, ब्रसेल्स र अस्ट्रियन एयरलाइन्सको स्वामित्व ग्रहण गरेको छ ।
यस समूहसँग रहेका कूल ७६० वटा बिमानमध्ये ३०० वटा बिमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २०० वटा बिमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार