सप्तरी झड्पमा डेढ दर्जन घाइते, स्थिति नियन्त्रण गर्न आठ राउण्ड फायर
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २२:८:१६
◊ धीरुभाइ
२१ जेठ, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीमा जग्गा विबाद सम्बन्धी दुई पक्षबीच बुधबार ठूलो झडप हुँदा डेढ दर्जन स्थानीय घाइते भएको छ । झडप अनियन्त्रित हुदै जाँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
घटनाको खबर लगतै सुरक्षाकर्मी पुगेकोले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले त्यहाँका अवस्था सामान्य भइसकेको उनले बताए । आक्रोशित समूहले घाइतेहरुलाई लिन घटनास्थल पुगेको एम्बुलेन्स र प्रहरीको भ्यानमाथि समेत ढुङ्गामुढा गरी क्षति गरेको छ । त्यहाँको स्थिति सामान्य भएपनि झडप पुनः दोहोरिन नदिन सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गर्दा स्थानीय रामकुमार यादव, प्रितम यादव, विरेन्द्र यादव, योगेन्द्र यादव, मो. मालिक, नाजुक खातुन, जुवेदा खातुन, सिताराम यादव, राजेन्द्र मण्डल, सजन साह, सन्तोष यादव, मो. महबुल, अब्दुल सतार, विरेन्द्र प्रसाद यादव, रमण साह, मो. अर्जुन, मो. नईम, मो. ताहिर, इद्रिस मन्सुरी लगायतका मानिसहरु घाइते भएका छन् । घाइते सबैको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अधिकाँशको टाउको, पिठ्यु, खुट्टासहित शरीरको विभिन्न भागमा चोट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार