आज एकैदिन २०१ जनामा कोरोनाकाे पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २२:५२:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-13_UBwV2VV73T.jpg)
२१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएको जनाएको छ । आज थपिएका १७९ पुरुष र २२ जना महिला छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।
यसैगरी कोरोनाका कारण दोलाखाका ७६ बर्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएका र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।
साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
त्यस्तै आज मात्रै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पीसीआर विधिबाट चार हजार ९२४ र आरडीटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए । हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना सङ्क्रमण फैलिएकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार