काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २३:५९:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/dr-shanti-corona_73ABGqsVa0.jpg)
◊ नारायण अधिकारी
२१ जेठ, चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष ‘अस्थायी’ अस्पतालको नेतृत्व गरिरहेकी छिन । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उनलाई तोकिएको छ ।
कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छिन् । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छिन् । कोरोना अस्पतालमा केही दिनयता स्वाब सङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्रमितको चौबीसै घण्टाको व्यवस्थापन उनको थाप्लोमा छ ।
उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उनी आफैँले गर्दै आएकी छिन् । उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सङ्क्रमित निको पार्न र सङ्क्रमण सार्नबाट रोक्न उनको व्यवस्थापन प्रभावकारी देखिन्छ ।
दैनिक सङ्क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उनले बुझ्ने गर्नुहुन्छ । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उनको दैनिकीमा पर्दछ । उनले भनिन, “दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।”
खानादेखि औषधिसम्मको चाँजोपाँजो आफैले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उनले बताए । डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहेकी छिन। “गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु”, उनले भनिन “सङ्क्रमितलाई सकेसम्म छिटो सङ्क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ ।”
सङ्क्रमितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उनी तल्लीन छिन । जसका कारण सङ्क्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उनले बताइन । उनले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६०० जनालाई सेवा दिइसकेको छ । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उनी अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आएकी छिन् । दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आएकी छिन् ।
माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उनले बताइन । उनले सङ्क्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताइन । “सङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ”, उनले भनिन, “यो सङ्कटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनौँ भने कसले उपचार गर्छ ।” एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसकेकी छिन् । उनले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताउछिन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा भुर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढङ्गले गरिरहेको बताए । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पूरा गरेमा सङ्क्रमणबाट जोगिन सकिने उनको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोटोमा हेर्नुस् कागले आफ्नो बच्चालाई गरेको स्याहार
असार १३, २०८१ बिहिबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नजनाउने
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार