मुख्यमन्त्रीको नायकी शैली अन्त्य गर्न प्रदेश सांसद मल्लकाे माग
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार ०:१७:३८
२१ जेठ, स्याङ्जा । गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले प्रदेश मुख्यमन्त्रीको नायकी शैली अन्त्य गर्न माग गरेका छन् । प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सुझाब दिर्दै सांसद मल्लले नतिजा केहि नआउने तर मुख्यमन्त्री अगाडी पछाडी आसेपासे राखेर अनावश्यक रुपमा जिल्ला दौडाहामा जाने क्रमलाई नायकी शैली भनेर टिप्पणी गरे ।
कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रिएसँगै गण्डकी प्रदेश तथा स्याङ्जाको नाका राम्दीमा सिमा शिल गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् नायकी शैलीमा अनावश्यक खर्च गरेर राम्दी पुगेको घटनालाई जोडेर सांसद मल्ले उक्त टिप्पणी गरेका हुन् ।
प्रदेश सभामा बोल्दै सांसद मल्लले संसद विकास कोषको रकम सांसदलाई नदिएर स्वास्थ्य क्षेत्रमा खर्च गर्न आग्रह गरे । “विश्वभर फैलिएको कोरोनाबाट देश आक्रान्त छ ।” सांसद मल्ले भने, “कोषका नाममा छुट्टाउने बजेट स्वास्थ्य क्षेत्रमा लगाएर कोरोना नियन्त्रणमा खर्च गरौं ।” कोरोनाका कारणले बिदेशबाट बेरोजगार भएर फर्किने युवाहरुलाई रोजगार बनाउने योजना अगाडी ल्याउन प्रदेश सरकारलाई मल्लले सुझाब दिएका छन् ।
स्याङ्जा हनिाशका एक युवा भारतबाट नेपाल आउने क्रममा सिमानामा मृत्यु भएको र भारतबाटै आएका फेदीखोला गाउँपालिकाका एक स्थानीय मृत्यु भएको प्रसंग निकाल्दै सांसद मल्लले मृतकका परिवारलाई राहत दिन समेत उनले माग गरे । कोरोनाबाट आम नागरिकलाई बचाउन र भोकबाट जोगाउन प्रदेश सरकारसँग कुनै योजना समेत नरहेको मल्लले दाबी गरे ।
नीति तथा कार्यक्रम आउनु अघि प्रमुख प्रतिपक्षले दल कांग्रेसका प्रदेश सदस्यहरुले मुख्यमन्त्री भेटन जाँदा अर्थ समितिका सभापति कुमार खड्का माथि भएको दुव्र्यबहार प्रति रोष प्रकट गर्दै सांसद मल्लले प्रस्तुत नीति तथा कार्यक्रममा दुव्र्यबहार सम्बन्धी केहि व्यवस्था नगरिएको नदेखिएको भन्दै व्यग्य गरे । सरकारका मन्त्रीहरुले सरकारले जे गर्छ नीति तथा कार्यक्रम अनुसार हुने दाबि गरिरहेका बेला मल्लले उक्त व्यग्य गरेका हुन् ।
प्रदेश सभामा आक्रामक रुपमा प्रस्तुत भएका सांसद मल्लले विभिन्न आन्दोलनमा शहिद, बेपत्ता र घाईते भएका परिवारलाई रोजगार बनाउने भनेर विनियोजन भएको बजेटले लक्षित गरेका उपलब्ध प्राप्त नहुँदा उनीहरुका परिवारको अपमान गरेको समेत दाबी गरे । सांसद मल्लले सवारी साधन मापदण्ड ऐन बनेपछि विषयगत मन्त्रालय र सम्बन्धित कार्यालय रुट प्रमिटका नाममा लुट मच्चाएको समेत आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको आदेश विपरित प्रदेश सभाको ढोकामै रोकिए गण्डकीका सांसद देवकोटा
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
पानी नपरेपछि सुक्खा देखिएको खलङ्गा बजार
असार १६, २०८१ आइतबार
खोकनाको हिलोमा रमाए राजेश हमाल देखि विदेशी पाहुनासम्म ! [ फोटोफिचर ]
असार १६, २०८१ आइतबार
नेपाली सेफ टंकले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल
असार १६, २०८१ आइतबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर
असार १६, २०८१ आइतबार