कोरोना संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार ०:३७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/swasthya-mantrayalaya_CAKqNOSZWu.jpg)
२१ जेठ, काठमाडौं । कोरोना महामारीले नेपालमा पनि विकराल रुप लिन थालेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संकटकाल हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेसँगै नेपालमा पहिलो पटक स्वास्थ्य संकटकाल घोषणा गर्न लागिएको हो ।
मन्त्रालयमा बुधबार बसेको बैठकले दुई हजार भन्दा बढी कोरोना संक्रमित देखिएपछि संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने निर्णय गरेको हो । संक्रमक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।
मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा गुणराज लोहनीले स्वास्थ्य संकटकाल मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि जारी गर्ने बताए । बुधबार सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका थिए । विज्ञसँग परामर्श गरेर प्रधानमन्त्रीले यसबारेमा निर्णय लिने तयारी गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार