गृहले भन्यो, कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी कुट्नेलाई पक्राउ गर्नुस
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार १:३०:२०
२१ जेठ, काठमाडौं । अब कोरोना नियन्त्रणमा खटिएकालाई दुव्र्यवहार वा गालीगलौज गरे पक्राउ परिने भएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि नै कुटपिटका घटनाब बढेपछि गृह मन्त्रालयले कोरोना नियन्त्रणमा खटिएकामाथि दुव्र्यवहार गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
बुधबार रौतहटमा एक चिकित्सक र दैलेखमा कर्मचारीमाथि हातपात भएको थियो । स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले बुधबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न यस्तो निर्देशन दिएको बताए । कोरोना नियन्त्रणमा सबैभन्दा बढी जोखिम मोलेर सेवामा खटिएपनि उल्टै आक्रमण भएपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो ।
डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेर यो निर्देशनको पालना गर्न शुरु गरिएको उनले बताए । अब रौतहट र दैलेखमा पनि कुटपिट गर्नेलाई पक्राउ गर्ने तयारी भइहरेको सहप्रवक्ता अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार