प्रदेश नं १ सकारको नीति तथा कार्यक्रम जेठ २३ गते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार २:२२:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Province-1_BmljftovzM.jpg)
२१ जेठ विराटनगर । प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७/७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३ बजे बस्ने बैठकमा पेश गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए ।
बैठकले प्रदेश सरकार विपद् खोज, उद्धार एवं राहत वितरण कार्यविधि निर्देशिका २०७६ को संशोधन गर्ने, प्रादेशिक सञ्चार प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको, कोरोनाको प्रभावले कृषकमा पर्न गएको अप्ठ्यारोलाई सहज बनाउन कृषक राहत कार्यविधिलाई पास गरेको र प्रदेश सरकारको सार्वजनिक खरिद नियमावलीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार