प्रधानमन्त्रीलाई परीक्षणको दायरा फराकिलो बनाउन विज्ञको सुझाव, लागु गर्लान् त ?
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १४:१८:३२
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री ओलीले विज्ञहरुसँग बालुवाटारमा पाँचघण्टा छलफल गरेका थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले प्रधानमन्त्री ओलीले विज्ञ समूहको टोली बनाउन सुझाव दिएको बताए । स्वास्थ्यविद डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए ।
“मैले प्रधानमन्त्रीलाई तपाईले कोरोनाका सम्बन्धमा र बोसीय तत्वको विषयमा दिएको धारणामा अध्ययन पुगेन भनेर भने,” डा। दीक्षितले पत्रकारहरूसँग भने, “कोरोना सम्बन्धी तपाईको अध्ययन पुगेन । सरकारले परीक्षणको दायरा बढाउनै प¥यो । सरकारी अस्पतालले नसके निजीलाई पनि परीक्षणको जिम्मा दिनुपर्छ ।” अर्का जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिए ।
“लकडाउनलाई अनन्तकालसम्म लम्ब्याउन पनि सकिँदैन । पहिलो चरणमा खाद्यान्न पसलहरु, सेवामूलक क्षेत्रहरु खोल्नुपर्छ । आर्थिक क्रियाकलाप पनि गर्न दिनुपर्छ,” उनको सुझाव थियो, “स्कुल कलेजहरु केही पछि खोल्दा हुन्छ । तर लकडाउनको अहिलेको मोडालिटी परिवर्तन हुनैपर्छ ।
अहिलेको अवस्था नफेर्ने हो भने अवस्था डामाडोल हुन सक्छ ।” उनले अस्पतालमा कोरोना देखिनासाथ अस्पताल नै सिल गर्ने काम बन्द गरिनुपर्ने सुझाव दिएका थिए । क्वारेन्टाइनमा मान्छे मर्नु भनेको अत्यन्तै नकारात्मक सन्देश जानु भएकाले पहिले क्वारेन्टाइनको सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उनले पनि परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार