भयानक विष्फोटनको खतरा सिर्जना गर्दै सरकार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १५:१०:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-sharma-oli_pxpFa6JyOD.jpg)
?पुष्पराज खड्का
२२ जेठ, कुवेत । सरकारले चालेका पछिल्ल कदमले देशभित्र व्याप्त चरम असन्तुष्टिहरु भयानक विष्फोटनको नजिक पुग्दै छन् । ‘सरकार’ सरकार नभएर सामन्ती शासक र स्वेच्छाचारी बाटोमा हिँडेपछि चरम असन्तुष्टिहरु विस्फोट हुने दिन झन नजिक आउँदै छ । पार्टी भित्र नै फुटकाे खतरा, एक पार्टीकाविरुद्ध अर्काे पार्टी उभिने खतरा, देशका समग्र प्रशाननिक निकाय भित्र र आम नागरिकमा सरकारको स्वेच्छाचारी कदमविरुद्ध एकजुट भएर प्रतिकार गर्ने माहोल सरकार आफैँ बनाउँदै छ । सरकारका यस्तो कार्यले आर्थिक संकट त चुलिएको छ नै । अब राजनीतिक संकट निम्तिने खतरा उत्तिकै छ भने सामाजिक विग्रह र कलह चुलिने संभावना पनि देखिँदै छ ।
देश अझै कलडाउनको अविरल यात्रामै छ । पहिलो पटक चैत ११ बाट सरु भएको यो यात्रा सातौँ चरण पार गर्दै आज आठौँ चरणको दोस्रो दिनमा छ तर सरकार अबको लकडाउन कस्तो ढाँचाको बनाउने भन्नेमा अलमल्लिनै रहेको छ । लामो समय देखिको जारी बन्दाबन्दीले जनजिवन अस्तव्यस्त, आजित र आतंकित नै भइसकेको छ । बाहिर गर्मी बढ्दै ,घर भित्रका मानिसहरुमा उकुस-मुकुस, मानशिक तनाव र भोकमारीको त्रास पनि व्याप्त हुने अवस्थामा छन् । अब मानिसहरु आफ्ना ठप्प भएको दैनिकीबाट बाहिर आउन चाहिरहेका छन् । लकडाउनको विरुद्धमा उठ्दै, त्यसको घेरा तोड्ने र सामान्य जनजिवनमा फर्कनको लागी आक्रमक हुने मनस्थितीमा पुगी सकेका छन्, साना तथा ठुला व्यवसायीहरु र सर्वसाधारणलेसमेत अब लकडाउनलाई नमान्ने भन्दै आफ्ना व्यवसाय खोल्न सुरु गरी सकेका छन् । तर, बालुवाटर र सिंहदरबारले यसको सुईंको पाएको छ कि छैन उनीहरुले जान्ने कुरा हो ।
सुरुवातका समयमा कोरोना प्रभाव नगन्य थियो लकडाउनको पालना पनि कडिकडाउ रुपमै भयो तर आजको दिनसम्म आइपुग्दा कोरोना तिब्र रुपमा उकालो लागी रहेको छ । जम्मा संक्रमित संख्या २०० मा सिमित राख्ने सरकारी दावी अनि कोशिसले हावा खाइ सकेको छ । जनताहरु कोरोनासँग डराएर ,लुकेर होइन ,लडेर, बचेर आफ्ना गुजाराका बाटाहरु खोल्ने कुरामा कस्सिन खोज्दै छन् भन्ने कुरा आजैका दिनहरुबाट देखिन थाल्ने छन् । अब जनताका समस्या, गुनासा र जनजिविका सवालले उब्जिएका आक्रोशहरु घर भित्र दबिने र दबाउन सकिने अवस्थामा छैनन् ।
मलिन इच्छाशक्ति भएको र सुस्त शैलिको सरकारलाई हरेक कुरामा नागरिक स्तरबाट चिच्याहट गरिरहनु पर्छ । भुत मन्छिए झैं कति ढ्याङ्ग्रो ठटाई रहनु पर्ने हो ? सधैंको नागरिक असन्तोष त्यसमाथी भित्रीएको कोरोना अनि त काम पाइहाल्यो सरकारले लकडाउन एण्ड लकडाउन ।
उद्योगी व्यापारी सबै ओठमुख सुकेको, सास फेर्न गाह्रो भएको बेला सितल निवासमा गलैंचा र कार्पेट नफेरी नहुने के को चटारो परेको होला ? मान्छे मरे पछि बल्ल कोरोना जाँच गरिन्छ । न पर्याप्त किट छ न त अन्य आवस्यक स्वास्थ्य सामाग्री, न विरामी राख्ने ठाउँ छ, न व्यवस्थित क्वारेन्टाइन नै, संक्रमितलाई घर बाहिरै, गाई गोठ, भैंसी गोठ, जस्ताका टहरा, प्लास्टिकका टनेल अनि यस्तो हालतले कोरोना र भोकबाट जनता बाँच्नु पर्ने ? अनि यही बेला पुरा नगरी नहुने सितल निवासको कस्तो खालको सोख ??
छ महिना पहिले चीनमा फेला परेको यो भाइरस आजको दिनसम्म आइपुग्दा नेपालमा तिब्र फैलावटको चरणमै छ । २३०० बढी संक्रमित, ९ जनाको मृत्यु नै भइ सक्यो । अनि यो माहामारी अझै कहिलेसम्म रहने हो ? यति बेला मानिसहरुलाई कोरोनाको त्रास र आतंक फिक्का लाग्न थालेको छ ? कोरोना लाग्दैमा मरिदैन भन्ने सबैले बुझि सके । सरकारले यसको त्रास देखाएर जनतालाई लकडाउनको घेरा भित्र थुन्न सक्ने छैन । अब कोरोना कै बीचमा र यस कै नाममा सरकारले गरिरहेको अनेकौँ कुकृत्यहरुका कारण आमजनता र विभन्न तप्काहरु आक्रोशित हुने, आन्दोलित भई बिद्रोहको रुप लिन सक्ने्, सरकार पुर्ण रुपमा असफल हुने, देश फेरि पनि अस्थिरतामा फस्ने र दन्दमा जाने सम्भावनाहरु प्रबल हुन थालेका छन् ।
जनआक्रोशका बिउहरु
कार्पेट र गलैंचा अनि राष्ट्रपतिकाे सलबलाहट
देशमा दुईतिहाईको बलियो सरकार छ त्यो पनि कम्यूनिष्टको । अनि जनताई यहाँ भन्दा अरु के चाहियो ? कम्यूनिष्ट सरकार त्यसै पनि श्रमिक, मजदुर र सर्वहारा वर्गका लागी भगवान नै हुन् तर बिडम्वना कम्यूनिष्ट सरकारका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिहरुका सोखहरु बुजि नसक्नुको छ । राजालाई माथ खुवाउने अहिलेका हाम्रा रास्ट्रपती । सितल निवासबाट एर्पोट पुग्न छुट्टै हेलिकप्टर चाहिने ? रास्ट्रपती भवन नै साँघुरो हुने ? १४ करोडको गाडी नै चाहिने अनि कोरोनाले थला परेका आमजनता ? उद्योगी व्यापारी सबै ओठमुख सुकेको, सास फेर्न गाह्रो भएको बेला सितल निवासमा गलैंचा र कार्पेट नफेरी नहुने के को चटारो परेको होला ? मान्छे मरे पछि बल्ल कोरोना जाँच गरिन्छ । न पर्याप्त किट छ न त अन्य आवस्यक स्वास्थ्य सामाग्री, न विरामी राख्ने ठाउँ छ, न व्यवस्थित क्वारेन्टाइन नै, संक्रमितलाई घर बाहिरै, गाई गोठ, भैंसी गोठ, जस्ताका टहरा, प्लास्टिकका टनेल अनि यस्तो हालतले कोरोना र भोकबाट जनता बाँच्नु पर्ने ? अनि यही बेला पुरा नगरी नहुने सितल निवासको कस्तो खालको सोख ??
त्यस्तै संवैधानिक राष्ट्रपतिकाे अनावश्यक र अकल्पनिय सल्बलाहटलाई पनि नागरिकले निकाे मानेका छैनन् । स-साना असन्तुष्टिहरुको पारो बढ्दै-बढ्दै अब जनता विप्लवको बम बिना नै बिस्पोट हुने स्थितीमा पुग्न लागिसके । नेपालको नयाँ व्यवस्थाले न आचरण फेर्न सक्यो न अवस्था नै । फेरि एक पटक यो व्यवस्था नै परिवर्तन गर्न जनता एकजुट हुन सक्छन् र हुने छन् यस तिर पनि सरकारको चेत खुलोस् ।
लकडाउनमा करमन्त्रीको धम्की !
राष्ट्रको अरु समस्या सुल्झाउने भन्दा पनि सरकारलाई मन्त्री, सांसद र आफ्ना कर्मचारीहरुलाई तलब खुवाउ नै धौ-धौ छ । यस्तो अप्ठ्यारो अवस्थामा आमजनता र निजी क्षेत्रका व्यापार-व्यवसायीलाई दुःख दिने कामतिर सरकार लाग्यो भने सबैले (No Tax) कर बहिस्कार गरेर बजेट नै धरासाही बनाई सरकारलाई दाना पानी खान नै धौ-धौ बनाई दिन सक्छन् । त्यतातिर पनि बेलैमा सोच्नुस है करमन्त्रीज्यू, सर्वभाैम नागरिकहरू यस्ता धम्कीका कारण डराउनेवाला छैनन् । नत्र अहिलेको ताताे भाग खाने हतारोले दुई चार महिनामै सरकार कंगाल हुने दिन आउला नि ।
नियम सम्मत रुपमा सरोकारवाला सबै पक्षहरुले तोकिएको कर तिर्नु पर्ने कुरामा कसैको विरोध छैन र हुनु पनि हुन्न तर जनजीवन ठप्पै छ । मानिस घरबाट बाहिर निस्कनसम्म पाएका छैनन् । सम्पुर्ण व्यापार, व्यवसाय बन्द, उद्योग-धन्दा, कलकारखाना टाट पल्टिनेवाला छन्, श्रमिक, मजदुर भोकभोकै मर्न बाध्य हुने बेलामा जाहाँ गाह्रो त्यहीं सारो भनेको जस्तो सरकार भने कर दाखिला गर्न ह्वीप जारी गर्छन् । नजरबन्दमा नागरिकलाई राखेर कर तीर नभए जरिवाना लगाउँछु भन्दै दबाब दिन्छ । यस्तो ह्वीप जारी गर्नु भन्दा पहिले अर्थमन्त्रीलाई यती सामान्य कुराको ज्ञान किन भएन ? जब कि सबै आर्थिक गतिविधीहरु लकडाउन गरेर ठप्प पारिदिएका छौँ, काहाँबाट पैसा ल्याएर कर तिर्लान भन्ने कुरा सोच्नु पर्दैन ??
लकडाउनको कारणले अर्थ व्यवस्थामा परेको र पर्न सक्ने गम्भिर असरबारे सरकार किन, कसरी अनविज्ञ हुन पुग्यो ? जीवन रहेमात्र अरु सब थोकको अर्थ हुन्छ भन्दै पटक-पटक राष्टको नाममा सम्बोधन गरिरहने प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखिको लकडाउनले अर्थ व्यवस्था चौपट भएको टुलुटुलु हेर्दै उल्टै अर्थमन्त्रीलाई जवर्जस्ती कर उठान उकास्ने ? यस्तो हेप्ने काम पनि हुन्छ ? सरकार आफु मात्र बाठो छु भन्ने अहंकार पालेर बसेको छ । हुन त जनता पो बन्दाबन्दीको मारबाट के खाने ?? कसरी घरपरिवार चलाउने भनेर पिरोल्लि रहेका छन् त ।
सरकारका मन्त्री, संसद र भीभीआइपीहरुलाई त बेलैमा तलब भत्ता खुवाउनु परी हाल्यो होइन ? करको लागी करकर गरिरहेको सरकार जनदवावलाई साम्य गर्न कर तिर्ने समय सीमा बढाउन तयार त भयो तर सरकारको यो कदमबाट प्रष्ट हुन्छ कि सरकारको ढकुटी उत्तानो टाङ भइसकेको छ । राष्ट्रको अरु समस्या सुल्झाउने भन्दा पनि सरकारलाई मन्त्री, सांसद र आफ्ना कर्मचारीहरुलाई तलब खुवाउ नै धौ-धौ छ । यस्तो अप्ठ्यारो अवस्थामा आमजनता र निजी क्षेत्रका व्यापार-व्यवसायीलाई दुःख दिने कामतिर सरकार लाग्यो भने सबैले (No Tax) कर बहिस्कार गरेर बजेट नै धरासाही बनाई सरकारलाई दाना पानी खान नै धौ-धौ बनाई दिन सक्छन् । त्यतातिर पनि बेलैमा सोच्नुस है करमन्त्रीज्यू, सर्वभाैम नागरिकहरू यस्ता धम्कीका कारण डराउनेवाला छैनन् । नत्र अहिलेको ताताे भाग खाने हतारोले दुई चार महिनामै सरकार कंगाल हुने दिन आउला नि ।
५५ अर्बमा देशलाई नै बन्धकी राखिदिने ??
तत्कालिन प्रधानमन्त्री शेरबाहदुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्र बाहदुर कार्की र एमसीसी प्रतिनिधीले हस्ताक्षर गरेको सम्झौता एमसीसी पास गर्न प्रधानमन्त्री ओली जसरी मरिहत्ते गरी रहेका छन् प्रतिपक्षी देउवालाई पनि उत्तिकै हतारो छ, यो पास गर्न । यिनीहरु जसरी पनि एमसीसी पास गराउन मरिहत्ते गरिरहनुको पछाडी यो पास गर्न पहिल्यै हिसाब-किताब लिइ सकेको हुन सक्छन् । होइन भने यी लठुवा, गोठालाहरुले सम्झौतामा लिखित सर्तहरु पढेनन्, पढेर पनि बुज्न सकेनन् वा बुझ पचाएर पनि लाचार हुन बाध्य भएका हुन्, त्यो कुरा जनतालाई किन ढाँटिरहेका छन् ? संसदबाट पारित भए पछि कार्यान्वयनमा आउने सम्झौता भित्रका कार्यक्रमहरुलाई प्रधानमन्त्रीले लुसुक्क सरकारको नीति तथा कार्यक्रममा घुसाइ छाडे । अर्थमन्त्री खतिवडाले बजेटको मुटु नै बनाइ दिए । एमसीसीबाट प्राप्त हुने ५५ अर्बलाई बजेटको हिस्सा बनाई बजेट भाषण गरेका अर्थमन्त्रीले सम्झौता पारित नभए सो रकम बराबरको कार्यक्रमलाई अन्य स्रोतबाट सम्पन्न गर्ने भनेर सबैलाईमुर्गा बनाई रहेका छन् ।
आम नागरिकले कुनै हालतमा यसलाई स्वीकार गर्ने छैनन् । लामो समयदेखि एमसीसीविरुद्ध सडकमा छन् जनता । विगतमा भए गरेका जति पनि राष्ट्रघाती र असमान सन्धीहरुको दोष अरुमा थोपर्दै सरकार यसलाई लागु गर्न सफल भयो भने अहिलेको सरकार र राजनितिक पार्टीहरुको उठीवास हुन सक्छ । कोरोनाको बाहाना बनाएर सेना परिचालन गर्ने सरकारको चतुर्याईॅले जनस्तरबाट हुने आन्दोलनलाई छेक्न सक्ने छैन । त्यसै पनि राजनितीक पार्टीहरुमा मौलाएको चरम भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीबाट जनता वाक्क छन् ।
उसैत बजेट घाटामा जाने निश्चित छ । कर असुलेर ढुकुटी भरिभराउ हुने कुरामा सरकार कति विश्वस्त हुन्छ भन्ने कुरा त कर बुझाउन गरेको ५ दिने अल्टिमेटम र व्यवसायीहरुले दिएका सन्देशबाट स्पष्ट नै हुन्छ । सरकार आँखा चिम्लेर एमसीसी पास गर्न खोज्दै छ, सत्ताधारी दल भित्रै तिब्र बिरोध छ, यस कै कारणले पार्टी फुट्ने अवस्था आउन सक्छ । विविध राष्ट्रघाती बुँदाहरु स्पष्ट हुँदाहुँदै सरकारले यसलाई जुनसुकै हालतमा पास गराउने देखिएको छ, भने आम नागरिकले कुनै हालतमा यसलाई स्वीकार गर्ने छैनन् । लामो समयदेखि एमसीसीविरुद्ध सडकमा छन् जनता । विगतमा भए गरेका जति पनि राष्ट्रघाती र असमान सन्धीहरुको दोष अरुमा थोपर्दै सरकार यसलाई लागु गर्न सफल भयो भने अहिलेको सरकार र राजनितिक पार्टीहरुको उठीवास हुन सक्छ । कोरोनाको बाहाना बनाएर सेना परिचालन गर्ने सरकारको चतुर्याईॅले जनस्तरबाट हुने आन्दोलनलाई छेक्न सक्ने छैन । त्यसै पनि राजनितीक पार्टीहरुमा मौलाएको चरम भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीबाट जनता वाक्क छन् ।
भर्खरै सरकारले प्रस्तुत गरेको निराशाजनक बजेट, कोरोनाको प्रभावले आक्रान्त बनेका, थलिएका उद्योगी, व्यवसायी र आमजनमानसहरु सामु सरकार आँखाको कसिङगर भैसकेको छ । यस्तो बेला सरकार चाहीँ ५५ अर्बको लागी राष्ट्रियतामै आघात पुग्ने गरी देशको संविधान नै एसीसीलाई बुझाई दिने ? राष्ट्रय सुरक्षा र सेनाको मान र प्रतिष्ठामै आँच आउने र मनोवल नै गिराउने एमसीसीको पछि लाग्यो भने देश फेरि पनि गम्भिर दुर्घटनामा जान्छ । हिजो राजा फाल्न भएका आन्दोलन फेरि एक पटक यो सकार फाल्न दोहोरिने छ । आखिर देश बर्वादितिरै जाने छ । त्यसैले सरकारले बेलैमा बुझोस, सोचोस्, अब सरकारलाई बर्वादीको बाटोबाट बच्न धेरै समय उपलब्ध हुने छैन । चेतना होस !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार
जन्मदिनको अवसरमा सिन्दुरेघारी चाँदी खोला छेउमा वृक्षारोपण
असार २०, २०८१ बिहिबार
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराेको उच्च जोखिममा
असार २०, २०८१ बिहिबार