भद्रअवज्ञा गर्दै पूर्वमा पनि बजार र यातायात संचालनमा
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १८:३०:४१
यज्ञप्रसाद भट्टराई
२२ जेठ, झापा । सरकारको तानाशाही प्रबृत्तिको झल्को दिने एकलौटी रुपमा लादिएको लकडाउनको भद्रअवज्ञा गर्दै पूर्वमा बजार, पसल र यातायात आजबाट खुल्न थालेका छन् । बिना कुनै पूर्व जानकारी र विना कुनै छलफल सरकारले एकलौटी रुपमा लगाएको बन्दाबन्दीबाट नागरिकको जिउ धनको सुरक्षा नभई नागरिकलाई नै सास्ती दिने क्रम बढे पछि व्यापारी तथा यातायातकर्मीहरुले सरकारको निर्णयको भद्र अबज्ञा गर्ने निर्णय गरेका हुन ।
पटक–पटकको किस्ता बन्दीमा थप गर्दै लगिएको लकडाउनले जनजीवनमा पारेको असरका बिषयमा सरकारले कुनै चासो नराखेको, बजार, पसल, यातायात, उद्योग, कलकारखाना लगायत सिंगो मुलुक ठप्प बनाएर सरकारले नागरिकलाई निबुवा निचोरे झै निचोर्दै कर मात्रै तिर्न उर्दी गरे पछि नागरिकको सरकार प्रतिको धैर्यताको बाँध फुटेको हो ।
सरकार नागरिकको दुःखमा साथी हुन नसकेको भन्दै आम नागरिकहरुले पहिलो चरणमा बजार, पसल, कल कारखाना र यातायात खुल्ला गर्ने निर्णयमा पुगेका हुन । सरकारले लगाएको लकडाउनको पूर्ण रुपमा पालना गरिरहेका नेपाली नागरिकहरुलाई कर मन्त्रिको कर काण्डले ब्यूँझाई दिएको हो । सरकारको जेष्ठ ३२ गतेसम्मको लकडाउनको भद्र रुपमा अवज्ञा गरेका नागरिकहरु आवश्यक परे यस्तो जनतामारा सरकारको बिरुद्धमासमेत सडकमा आउने अवस्था सृजना हुन सक्ने बताएका हुन ।
सरकारको एकलौटी हेपाहापनका कारण आफुले जे गर्दा पनि हुने, जस्तो निर्णय गर्दा पनि जनताले लुरुलुरु मानिदिनु पर्ने भन्ने अहमता पालेको बर्तमान सरकारका लागि नागरिकको यो भद्र अवज्ञा आन्दोलन सांकेतिक बिरोधका रुपमा लिन समेत नागरिक समाजका अगुवाहरुले बताएका छन् । यस्तो संबेदनशिल घडिमा सरकारको नागरिक माथिको यस्तो अमानविय बर्बरता नरोकिए नागरिक स्वतस्फुर्त सडकमा आउन बाध्य हुने समेत नागरिक अगुवा र समाजका जानकारहरु बताउँछन् ।
राष्ट्रघाती सन्धी, सम्झौता र राष्ट्रिय सम्पत्तिको चरम दोहनमा नम्बर एक देखिएको बर्तमान सरकारका लागि निकट भविष्यमा नागरिकहरुले गर्न लागेको सरकार बिरोधि आन्दोलनको भार थेग्न सक्ने क्षमता भने यो सरकारसँग रहेको देखिदैन । निर्वाचनको परिणामलाई आधार बनाउँदै एक पछि अर्को दुर्गन्धित काण्डहरु गर्न हौसिएको बर्तमान सरकारका लागि आगामी दिन भने त्यति सहज नहुने देखिदैछ । सरकारले लक डाउनका अवधि मै देखाएको गैर राजनितिक चरित्रका कारण पनि बर्तमान सरकार नागरिकका बीच नाङ्गिदै गई रहेको छ ।
बजार पसल बन्द गराएर कर मात्रै असुल्ने सरकारको दानवीय चरित्रलाई आम नागरिकले शंकाको आँखाले पनि हेर्न थालेका छन् । जनताले सिटामोलसम्म खान नपाएको अवस्थामा सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको भनेर नागरिकलाई नै गिज्याई रहेको अवस्थामा उसले उठाउन लागेको करबाट फेरि अर्को १० अर्ब रुपैयाँ कोरोना मै खर्च भएको त देखाउँदैन सरकारले ? भनेर अहिले बजारमा सरकारको आर्थिक अपचलनका बिषयमा चर्चा हुन थालेका छन् ।
नागरिकलाई कोठामा थुनेर पाँच दिनको छोटा समयसिमा तोक्दै कर तिर्न ठाडो उर्दी गरे पछि नागरिकमा रहेको धैर्यताले ठाउँ छोडन बाध्य रहेको दमकका स्थानीय ब्यापारीहरुले बताएका छन् । सरकार स्वयं अभिभावक हुनु पर्ने बर्तमान संकटको घडिमा झनै उग्रबादी सोच देखाउन थाले पछि बर्तमान सरकार बनाउन हौसिएर लागेका नागरिकहरु नै बर्तमान सरकार ढाल्न अग्रसर हुँदै गएको देखिदैछ । सत्तामा नपुगिञ्जेल नागरिकको शक्तिलाई आँकलन गर्ने राजनैतिक दलहरु सत्तामा पुगे पछि सत्ता र भत्ताको उन्मादले नागरिक नै बिर्सने दलका दोधारे राजनैतिक चरित्रलाई अब जनताले सडकबाटै प्रतिउत्तर दिने योजना समेत बनाएका छन् ।
नागरिकको यो भद्र अवज्ञा आन्दोलनले सरकारलाई गतिलो झापड दिएको छ । बन्दुकको बलमा सत्ता टिकाउने दाश मनोबृत्तिलाई चुनौति दिन फेरि एक पटक देशमा ठूलै राजनैतिक आन्दोलनको आँधि बेहरी आउने अवस्था देखिदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार