मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १९:२५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/mirgaula_iLqhRM6M2L.jpg)
२२ जेठ, बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो ।
हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गौलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् ।अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको रु सात करोड ७५ लाख निकासा हुन बाँकी नै रहेको उनको भनाइ थियो ।
उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ । साथै बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउंने सप्लायर्सले समेत सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उनको गुनासो थियो । उनले भने, “बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहुँदा नहुंँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक सङ्कटमा पुगेको छ ।”
उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र पाल्पाको तानसेनमा १० गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन् । यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार