कोरोनालाई जितेर सप्तरीको प्रथम संक्रमित डिस्चार्ज
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २०:२४:२८
धीरुभाइ
२२, जेठ सप्तरी । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट सप्तरीको प्रथम कोरोना संक्रमित युवक आज डिस्चार्ज भएको छ । कोरोना भारसरलाई जितेर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटेलका १८ वर्षीय नसिम हुसैन हुन । डिस्चार्ज भएपछि अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले फूलको माला र अबिर लगाइ खादा ओढाएर सम्मानपूर्वक विदाई गरे ।
त्यस्तै अस्तालका कोभिड १९ व्यवस्थापनका संयोजक डा. रञ्जितकुमार झा, नर्स, तथा उनको उपचार खटिएका स्वास्थ्यकर्मीहरु समेतले फूलको माला गुच्छाले स्वागत गर्दै विदाई गरिएको छ । कोरोनामुक्त हुसैनले शरीरको आन्तरिक शक्ति र दृढ इच्छाशक्ती एवं उच्च मनोबलले कोरोनालई जितेको अनुभव सुनाए । अस्पतालमा आफ्नो उपचारको क्रममा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुबाट पनि उच्च मनोबल पाइरहेको बताए । अस्पतालले उपचार, खानपानमा निकै ध्यान दिएकोकोमा धन्यवाद दिदै उनले भने, उच्च मनोबल राखिएमा कोरोनालाई जित्न एकदमै सजिलो छ, यसमा आतिनु हुदैन, धैर्यता राख्नुपर्छ ।
उनको जेठ ११ र १७ गते दुई पटक स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको प्रयोगशालामा पठाइएको थियो । दुबै पटक स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. दासले बताए । बैशाख २९ गते अस्पताल भर्ना भएदेखि नै उनमा कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको उनले बताए ।
बैशाख ९ गते चितवनबाट १३ जनाको समूहमा पैदल, ट्रक सवारी साधन प्रयोग गरी आइपुगेका उनलाई डाक्नेश्वरी नगरपालिकाले सञ्चालन गरेको चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । बैशाख २५ गते स्वास्थ्य कार्यालयले उनको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । बैशाख २९ गते त्यहाँबाट पठाइएको रिपोर्टमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । चितवनमा उनले मजदुरी गर्दै आएका थिए । लकडाउन भएपछि काम नपाएर घर आइपुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार