कोरोनाको भय : मानसिक समस्याको जोखिम
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २१:१:३१
कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला मानिसहरुमा तनाव ,डर , चिन्ताका साथै विभिन्न किसिमका मानसिक समस्याका लक्षणहरु देखिन सक्छन् ।
कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु , कब्जियत हुनु , शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महशुस हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर, चिन्ता र पिर पर्नु, छटपटी हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् ।
बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । यस्ता लक्षणहरु बिपति वा संकटको बेला कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केही समय पछि मात्र देखिन शुरु हुन्छ ।
कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्या ?
१. एन्जाईटी ( विभिन्न किसिमका डर–चिन्ताजन्य समस्याहरु ।)
२. डिप्रेसन ( दिक्दारीपन तथा आत्महत्याको सोचाई वा प्रयास ।)
३. मानसिक आघात ( पिडादायिक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।)
४. प्यानिक अट्याक ( एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।)
५. समायोजनको समस्या ( परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।)
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स ( एउटै सोच वा विचार आईरहने तथा एउटै कार्य लगातार धेरैपटक दोहोर्याई रहने मानसिक रोग ।)
७. जाँड रक्सी , तथा लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स ( डर, त्रास , तनावको कारणले देखिने मनोबैज्ञानिक समस्या ।)
९. एक्युट स्टेस डिसअडर्स ( तत्कालै देखा पर्ने तनावजन्य समस्या ।)
समस्या कसरी कम गर्न सकिन्छ ?
मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोली रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले माथि भनिएका जस्ता लक्षणहरु समय बित्दै जादा आफै हराउँदै जान्छन् ।
केहीलाई भने लक्षण कम हुँदै जानुको सट्टा झन झन बढने पनि हुनसक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्बास्थ्य समस्याको जोखिम बढेर जान्छ। यस्तो नहोस् भन्नका लागि स्वंय ब्यक्तिले आफ्नो शारीरिक स्बास्थ्यको साथै मनको स्याहारसुसारमा पनि बिशेष ध्यानदिनु जरुरी हुन्छ। जसलाई स्वहेरचाह भनिन्छ ।
आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पुर्णपालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।
२. फुर्सदको बेला मानसिक तनाव नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन । नत्र जतिबेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ ।
३. कोरोनाको जोखिमबाट जोखिन सत्यतथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढी जानकारी लिन खोज्ने , समचार पटक पटक हेरिरहने जस्ता व्यवहार गर्नु हुदैन ।
४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचीको काम गरेर समय बिताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
५. तनाब कम गर्न शारीरिक ब्यायम , योग , मेडिटेसन , श्वास प्रस्वासको ब्यायम , ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्याउछ । तनावको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।
६. तनावको बेला सजिलैसँग पच्ने तथा पोषणयुक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाव बढाउछ।
यस्तो बेलामा विज्ञको सहयोग लिनुपर्छ । प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति पिच्छे कोही चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ । धेरै मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउदैनन् ।
बिपतिको बेला देखिने स्बभाबिक लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाई मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, ब्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
लकडाउको अवधिभरि फोनमार्फत निशुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।
लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार