दैलेखमा एकै दिन १०६ जनामा कोरानाकाे पुष्टि, आम नागरिक त्रसित
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २१:३४:३७
२२ जेठ, दैलेख । कर्णाली प्रदेशमा कोरोना संक्रमण बढेसँगै आम नागरिकमा त्रास बढेको छ। कोरोना संक्रमणको तीव्र रुपमा फैलिइरहेको दैलेखमा आज एकैदिन १०५ जनामा कोरोना पुष्टि भएपछि स्थानिय नागरिक त्रसित भएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संकलन भएर आएका स्वाबहरुको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो। आज संक्रमित हुनेमा दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष र एक जना महिला रहेका छन् ।
त्यसैगरी दैलेखकै देबलकाँडा गाउँपालिकाका १२ जना पुरुष, सोत गाउँपालिकाका नौ जना पुरुष, मान्टाकुरा गाउँपालिकामा सात जना पुरुष साडु गाउँपालिकामा दुई जना पुरुष, भगनी गाउँपालिकामा पाँच जना पुरुष र बासकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी गुमु जिल्लामा खत्याड गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ । बिहीबार मात्रै दैलेख र मुगुमा गरि १०६ जनामा कोरोना पुष्टि भएको हो। यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो ।
यस अघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो। ती मध्ये एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३७४ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार