नेपालमा कोरोना संक्रमण भयावह रुपमा फैलदै, कुन जिल्लामा कति ?
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २३:५८:६
२२ जेठ, काठमाडौं । आज बिहीबार मात्र थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजना कोरोना संक्रमितको मृत्युपछि मर्नेको संख्या १० पुगेको छ ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । आज मात्रै दैलेखमा ११३ जना र रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिका ४६, गुजराका ८, गढीमाईका सात जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । उनीहरूमध्ये १०८ जना नारायण नगरपालिका र ७ नौमुले नगरपालिकाको क्वारेन्टाइनमा छन् ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल बीरगंजमा पर्साका १ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगर झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडास्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पताल डोटीका ३ जना, भेरी अस्पताल बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुषाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जनामा संक्रमण देखिएको हो ।
जसमध्ये बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका हुन् । उनीहरू १५ देखि ३५ वर्षका पुरुष हुन् । कपिलवस्तुमा २९ जना संक्रमित मध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् । यस्तै, यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टाइनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक २६ वर्षीया महिला छन् भने ११ जना २१ देखि ४८ वर्षका पुरुष हुन् ।
दाङमा १५ जना संक्रमित मध्ये घोराही उपमहानगर तथा राजपुर, बंगलाचुली र बबई गाउँपालिकाका उनीहरूमध्ये एक २३ वर्षीया महिला हुन् भने अरू १६ देखि ३६ वर्षका पुरुष हुन्। सप्तरीका १३ जनामा राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरू १७ देखि ४८ वर्षका पुरुष हुन् ।
बाराका १२ जना संक्रमित मध्ये ७ जना आदर्श कटुवाल हुन् । संक्रमितमध्ये एक ३० वर्षीया महिला हुन् भने अरू १३ देखि ३० वर्षका पुरुष छन् । यस्तै महानगढीमाई नगरपालिका, विश्रामपुर र सुवर्णपुर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका छ जना संक्रमितमध्ये एकजना ३० वर्षीया महिला हुन् भने अरू ३३ देखि ३७ वर्ष उमेरका पुरुष छन् । महोत्तरीका भंगाह नगरपालिकाका ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू १९ देखि ३६ वर्षका पुरुष हुन् ।
डोटीका ३ जनामा मध्ये दीपायल सिलगढी नगरपालिका र पूर्वचौकी गाउँपालिकाका हुन् । मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वर्षीय पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टाइनमा रहेका ताप्लेजुङका ३५ वर्षीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । आजका कुल संक्रमित व्यक्तिहरुमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडीटी परीक्षण गरिएको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एकजना पुरुसको तानसेनस्थित मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।
यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार