तत्काल स्कुल नखाेल्न उच्चस्तरीय समितिलाई विज्ञको सुझाव
नेपालबहस संवाददाता
जेठ २२, २०७७ शुक्रबार १:२३:४३
२२ जेठ, काठमाडौं । कोरोना संक्रमितको सख्या बढ्दै गएकाले तत्काल विद्यालय नखोल्न विज्ञले सुझाव दिएका छन । नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने भन्दै उच्चस्तरीय समन्वय समितिलाई पनि सुझाव दिएका छन ।
उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा आयोजित छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान, निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल प्याब्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल एनप्याब्सन र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले वैकल्पिक उपाय अपनाएर पढाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकमा उनीहरूले लकडाउनले शिक्षा क्षेत्रमा ठूलो असर पारेको तर तत्कालै सञ्चालनमा जान नसकिने बताएका छन । छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय खोल्न र परीक्षा सञ्चालन गर्न हतार गर्न नहुने सुझाव दिएको जानकारी दिए ।
एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पढाइलाई निरन्तरता दिनुपर्ने बताए । विद्यार्थीहरूलाई लामो समयसम्म पढाईबाट अलग राख्न नहुनेमा उनको जोड छ । शिक्षा मन्त्रालयले असारदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।
‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्नेसम्बन्धी निर्देशिका’ जारी गरेको मन्त्रालयले आगामी मन्त्रिपरिषद बैठकबाट भर्चुअल कक्षा सञ्चालन गर्न सक्ने गरी निर्णय गर्ने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार