विदेशबाट आउनेका लागि क्वारेन्टाइन र होटलको व्यवस्था

नेपालबहस संवाददाता
जेठ २२, २०७७ शुक्रबार १:५९:७

२२ जेठ, भक्तपुर । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ ।
जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टाइनको निर्माण नगरी होटलमा राख्ने गरी व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
यसबारेमा होटल व्यवसायीसँग छलफल गरिसकेको र विदेशबाट आउने व्यक्ति आफैँले होटलमा बसेको खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको उनले बताए । नगर प्रमुख प्रजापतिले भने, “क्वारेन्टाइनमा राख्दा कोरोनाको जोखिम हुन सक्छ, होटलमा भए शौचालयदेखि बस्ने कोठासमेत फरक हुन्छ, यसले नागरिक आफैँलाई पनि सुरक्षित बनाउँछ, त्यसैले उनीहरुलाई होटलमा राख्ने गरी व्यवस्था गरेका छौँ, त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।”
यता मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकका लागि क्वारेन्टाइन, भेन्टिलेटरसहितको आइसोलेशन अस्पतालको व्यवस्था गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्ना नागरिकलाई मात्रै सुविधा र संरक्षण दिने गरी व्यवस्थापन गरेको उल्लेख गर्दै नगरपालिकाभित्र अन्य जिल्लाबाट आएर भाडामा बस्नेका लागि भने कुनै व्यवस्था नगरेको बताए । नगर प्रमुख श्रेष्ठले भने, “विदेशबाट आउने मध्यपुरका स्थायी बासिन्दाका लागि होटलमा क्वारेन्टाइनको व्यवस्था गरेका छौँ, उनीहरुको स्वाब सङ्कलन परीक्षणदेखि आवश्यकता परे स्वास्थ्य उपचार, आइसियु र भेन्टिलेटरसहितको आइसोलेशनको समेत व्यवस्था गरेका छौँ ।”
त्यस्तै चाँगुनारायण नगरपालिकाले पनि नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि वडा वडामा क्वारेन्टाइनको व्यवस्था गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ । “आवश्यक पर्दा खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई नै प्रयोगमा ल्याउन सकिन्छ”, नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “होटलमा बस्न चाहने आफ्ना नागरिकका लागि आफैँले खर्च गर्ने गरी व्यवस्थापन गरिएको छ ।” उनले विदेशबाट आएका अन्य जिल्लाका नागरिकलाई राख्न नसक्ने र व्यवस्था पनि नगरेको बताए ।
सूर्यविनायक नगरपालिकाले भने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिका–१० बाँसघारीमा १०० जना क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । भक्तपुरका व्यापारी रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि जस्ताको टहरामा बनाइएको क्वारेन्टाइनको सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले अवलोकन गरेर जानकारी लिएका छन् । विदेशबाट फर्किएका जिल्लाका नागरिकलाई कुनै पनि समस्या नपर्ने गरी सुरक्षित व्यवस्थापन गर्न उनले निर्देशनसमेत दिए ।
नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्किएका नागरिकलाई राख्नसमेत शुरु भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । क्वारेन्टाइन व्यवस्थापनका लागि नगरपालिकाले रु १० लाखको बजेट छुट्याएर काम गरेको जानकारी दिँदै उनले नगरपालिकाले भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्नसमेत शुरु गरेको जानकारी दिए ।
सूर्यविनायक–८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले भारतबाट बसमा फर्किनेलाई हिजोबाट नै राख्न थालेको जानकारी दिए । अहिले १० जना क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टाइनमा दैनिक बिहान बेलुका खाना, दिउँसो खाजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
क्वारेन्टाइनमा सूर्यविनायक नगरको स्वास्थ्य शाखाका कर्मचारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, प्रहरी, नेपाली सेनाको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । क्वारेन्टाइन सुरक्षाका लागि वीरदल गण सूर्यविनायकका सेना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरीको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् भने नगरपालिकाले सफाइ मजदुरको व्यवस्था गरेको छ ।
नगरपालिकाले यो क्वारेन्टाइनसँगै विदेशबाट फर्किनेहरु सुविधा सम्पन्न होटलमा बस्न चाहेमा होटलको समेत व्यवस्था गरेको जानकारी दिए। वडाध्यक्ष थापाले भने, “नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा नबसेर सुविधा खोज्नेहरुका लागि होटलमा क्वारेन्टाइनको व्यवस्था गरेका छौँ, तर त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।” नगरपालिकाले होम क्वारेन्टिनमा बस्नेका लागि नगरपालिकाको निगरानीमा त्यसको समेत व्यवस्था गर्ने तयारी गरेको जानकारी दिए ।
विदेशबाट फर्किएका नागरिकलाई त्रिभुवन विमानस्थलबाट काठमाडौंंको होल्डिङ सेन्टरमा राखी त्यहाँबाट भक्तपुर ल्याएपछि भक्तपुरको सल्लाघारीको चौरबाट नगरपालिकामा पठाइने व्यवस्था गरिएको वीर दल गणका गणपति शिव पौडेलले जानकारी दिए। उनले भने, “सल्लाघारीमा नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले सुरक्षादेखि जिल्लाको कुन नगरपालिकामा जाने हो, सोको विवरण छुट्याएर उनीहरुलाई सम्बन्धित नगरपालिकाको जिम्मा लगाएर पठाउने व्यवस्था गरेका छौँ ।” नगरपालिकाले सल्लाघारीबाट आ–आफ्ना नागरिकलाई बुझेर लगे पनि उनीहरुलाई अनिवार्यरुपमा १४ दिन व्यवस्थित क्वारेन्टाइनमा राख्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मान्यता छ ।
सरकारले गठन गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सिसिएमसी’ले जारी गरेको निर्देशिकामा भने सम्बन्धित जिल्लाका पालिकाले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गरेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार