प्रतिष्ठानले एक महिनाका लागि स्थानीय तहमा खटायो चिकित्सक
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार १४:१७:४४
२३ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई र दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुईरदुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा कमलराज शर्मा र प्रा डा रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ । जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।
कनकासुन्दरी गाउँपालिकामा डा शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा प्रवीण गिरी र डा अर्जुन तिवारी खट्ने भएका छन् । यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा महिमा थापालाई खटाइएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गरेका छन । गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो । यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुँदा सङ्कटको घडीमा पनि समस्या भएको गाउँपालिकाले जनाउँदै आएको छ ।
यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टाइनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सबै स्थानीय तहमा एक÷एक चिकित्सक पठाउने प्रतिबद्धता जनाएको थियो । यसैगरी गाउँपालिकाका एकीकृत क्वारेन्टाइनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार