सेना ब्रम्हास्त्र हाे, विवादमा नपारौंः पूर्व प्रधानसेनापति कटवाल
इन्द्र रिजाल
जेठ २३, २०७७ शुक्रबार १८:४६:६
२३ जेठ, काठमाडौं । नेपाली जनताको आशा र भरोशाको केन्द्रका रुपमा रहेको नेपाली सेना पछिल्ला दिन राजनीतिक क्षेत्रको छाँयाका रुपमा चिनिन थालेकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन् । सेनाको काम के हो भन्नेमा कुनै भ्रम र द्विविधा छैन तैपनि बेलाबखत विवादित हुनुपरेको छ । नेपालको संविधान र कानूनले नै सेनाको काम, कर्तव्य र अधिकार परिभाषित गरिसकेको छ, तर राजनीतिक तहले भने सेनालाई आफूखुशी प्रयोग गर्न थालेका छन् । यो गम्भिर चिन्ताको विषय हो ।
आखिर यस्तो अवस्था किन आउँछ त ? नेपालबहस डटकमको जिज्ञाशामा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल भन्छन्– “राजनीतिक क्षेत्रमा क्रियाशील नेताहरुको आफ्ना स्वार्थ हुन्छन् तर सेनाले आफ्नो छवि आफैं जोगाउनुपर्छ । नेपाली सेना केका लागि स्थापना भएको हो, त्यतिमै आफुलाई सीमित गर्नुपर्छ ।” देशको सीमा रक्षादेखि सार्वभौमसत्ताको संरक्षणमा सेना परिचालन गरिनुपर्छ, यो नै यथार्थ र वस्तुनिष्ठ काम हो – उनी भन्छन् “ बाटो खन्ने र व्यापार व्यवसाय गर्ने काम सेनाको होइन ।”
पूर्व सेना प्रमुख भन्छन्– अनावश्यक विवादमा तान्ने कामले सेनाको छवि धुमिल बनाउँछ । सेना ब्यारेकबाट विशेष परिस्थितिमा मात्र निस्कन्छ, जथाभावी सेनालाई सडकमा उतारियो भने विवादमा तान्ने काम हुन्छ– उनी भन्छन् “ यस्तो अनावश्यक विवाद हुने काममा सेनालाई निकाल्नु हुँदैन ।” यस्तो निर्णय किन गरिएको होला त ? भन्ने प्रश्नमा पूर्व सेनापति कटवालको भनाई छ– अज्ञानताले पनि हुन सक्छ, अर्काे सेनालाई जानाजान विवादमा तानेर छवि ध्वस्त पार्न पनि हुन सक्छ ।
सरकारले हालै कोरोनाभाइरस विरुद्ध आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्नसमेत नेपाली सेनालाई प्रयोग गरेकोमा उनको आपत्ति छ । सेनाको नेतृत्व गर्नेले आफ्नो काम कर्तव्य र अधिकार भन्दा बाहिर जानै हुँदैन । गर्न नसक्ने भए सकिन्न भन्नुपर्छ । यसैगरी, कोरोना संत्राशका कारण विदेशबाट फर्कन लागेका नेपालीहरु बस्ने क्यारेण्टाइनको रेखदेखदेखि सम्पूर्ण सुरक्षा प्रबन्ध नेपाली सेनालाई दिने भनी सरकारले हालसालै निर्णय गरेको छ ।
यो काम सेनाको होइन, सरकारका अन्य संयन्त्रले यसको व्यवस्थापन गर्नुपर्छ भन्दै पूर्व सेना प्रमुख भन्छन्– अनावश्यक विवादमा तान्ने कामले सेनाको छवि धुमिल बनाउँछ । सेना ब्यारेकबाट विशेष परिस्थितिमा मात्र निस्कन्छ, जथाभावी सेनालाई सडकमा उतारियो भने विवादमा तान्ने काम हुन्छ– उनी भन्छन् “ यस्तो अनावश्यक विवाद हुने काममा सेनालाई निकाल्नु हुँदैन ।” यस्तो निर्णय किन गरिएको होला त ? भन्ने प्रश्नमा पूर्व सेनापति कटवालको भनाई छ– अज्ञानताले पनि हुन सक्छ, अर्काे सेनालाई जानाजान विवादमा तानेर छवि ध्वस्त पार्न पनि हुन सक्छ ।
तर लिडरशीपले त्यसको प्रभावबारे सोच्नैपर्छ – कटवाल भन्छन् । अहिले यस्ता काममा राज्यले सरकारका तीन तहलाई प्रयोग गर्नुपर्नेमा सेनालाई ब्यारेक बाहिर निकाल्न खोज्नु गलत हो भन्दै उनले जनताको विश्वासलाई छारष्ट पार्ने काम कसैले पनि गर्न नहुने धारणा राखेका छन् ।
“नेपाली जनताको धरोहरका रुपमा रहेको नेपाली सेनाको नेतृत्वले समेत संस्थाको मर्यादा जोगाउने काममा विचार पु¥याउन सक्नुपर्छ “ उनी भन्छन् । सेना भनेको विशेष अवस्थामा मात्र परिचालन गरिने अन्तिम अस्त्र हो भन्दै ब्रम्हास्त्रको प्रयोग कतिखेर र कुनबेला गर्ने भन्नेमा राजनीतिक नेतृत्वसमेत सजग रहनुपर्ने उनको सुझाव छ । सेनाको सबल पक्ष भन्दा दुर्बल पक्ष तौलने वातावरण बनाइनु हुँदैन भन्ने धारणा राख्दै उनले सेनाले पनि क्षमता भन्दा बाहिरको काममा हात हाल्ने रुचि देखाउनु नहुने बताए ।
सरकारको सबै संयन्त्र फेल भएपछि मात्रै सेनालाई व्यारेक बाहिर ल्याउने हो, जेमा पनि निकाल्ने खेलाँचीको वस्तु होइन सेना – उनी प्रष्ट पार्छन् । नेपालको स्थिरता र स्थायित्वलाई कमजोर तुल्याउन पनि यस्तो काम भएको हुन सक्ने उनको ठहर छ । तर लिडरशीपले त्यसको प्रभावबारे सोच्नैपर्छ – कटवाल भन्छन् । अहिले यस्ता काममा राज्यले सरकारका तीन तहलाई प्रयोग गर्नुपर्नेमा सेनालाई ब्यारेक बाहिर निकाल्न खोज्नु गलत हो भन्दै उनले जनताको विश्वासलाई छारष्ट पार्ने काम कसैले पनि गर्न नहुने धारणा राखेका छन् ।
भारतसँगको सीमा विवादलाई सुल्झाउन सैन्य शक्तिको प्रयोग गर्ने अवस्थामा सारा नेपाली नै युद्ध मैदानमा उत्रनुपर्ने अवस्था आउन सक्छ भन्दै तर अहिले भने राजनीतिक तहले कुटनीतिक ढंगले नै सहमति पहिल्याउनुपर्ने सुझाव दिए । पूर्व सेनापति भन्छन् – युद्ध भन्दा कुटनीतिबाट प्राप्त विजय कालजयी हुने गर्छ । तर देशको नेतृत्व तहमा बसेकाहरु भने अपरिपक्व ढंगले प्रस्तुत भैदिंदा ठूलो संकट निम्तिने गरेको उनी ठान्छन् । नेताहरु नै स साना कुरामा ज्यादै आक्रोशित हुने र अमर्यादित एवं गैरकुटनीतिक भाषा शैलीको प्रयोग गर्न उद्यत् हुँदा अन्ततः देशलाई ठूलो नोक्शानी हुने गरेको छ – उनी भन्छन् ।
युद्धमा विजय प्राप्त गर्न आक्रोशले मात्र काम गर्दैन, धैर्य र चातुर्यताले ठूलो भूमिका खेल्छ भन्दै कटवालले यस्तो दूरदृष्टिको सर्वथा अभाव भएकाले नै हामी सधैं प्रतिरक्षात्मक भूमिकामा धकेलिएको तिक्त अनुभव सुनाए । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जस्ता महत्वपूर्ण ओहदामा बसेकाहरुको बोली संयमित हुनुपर्छ, किनभने त्यो भनेको देशको आधिकारिक धारणा हो उनी भन्छन्– तर आवेगमा आएर संसद जस्तो गरिमामय स्थानमा जथाभावी बोल्ने प्रवृत्तिले घाटाको व्यापार गर्नुपर्ने हुनसक्छ ।आफ्नो बोलीको परिणाम के हुन्छ भनेर ख्यालै नगरी नेताहरु बोल्ने गर्दा त्यो प्रत्युद्पादक हुने गरेको दृष्टान्त दिंदै पूर्व सेनापति भन्छन्–नेतृत्वमा बस्नेको हरेक बोली बचनलाई सबैले गम्भिरतापूर्वक लिने गर्छन् ।
सो निर्णय विरुद्ध कटवाल सतिसाल झैं अटल बसेपछि देशको राजनीतिले नै कोल्टे फेरेको थियो । सोही घटनातिर संकेत गर्दै उनले भने– हामीले त्यतिखेर अडान नलिएको भए कलमजीवी पत्रकारले आजको जस्तो स्वस्थ ढंगले लेख्ने वा आलोचना गर्ने छुट पाउने थिएनन् ।
सेनालाई प्रजातान्त्रिक बनाउने भन्ने मुद्धा बेला बेला पश्चिमा मुलुकले उठाउने गरेकोमा उनी आश्चार्यमा परेका छन् । यही प्रसंग झिक्दै पूर्व प्रधानसेनापति कटवाल भन्छन्– सेनामा भोटिङ गर्ने हो र ? के हो प्रजातान्त्रिकरण भनेको ? यसै सन्दर्भमा उनले एउटा पुरानो घटना स्मरण गरे– एकजना युरोपेली मुलुकको राजदूतले मलाई माओवादी युद्ध,माओवादी लडाकुलाई सेनामा समायेजन र लोकतन्त्रबारे आधा घण्टा प्रवचन दिए, मैले उनको कुरा धैर्यतापूर्वक सुनें, तर कुनै प्रतिक्रिया नदिई सहयोगीलाई बाहिर जाने ढोका देखाउन मात्र भनें ।
सेनाको काम भनेको राष्ट्रियताको रक्षा गर्ने हो, राजनीति गर्ने होइन, विशुद्ध चेन अफ कमाण्डमा चल्ने संयन्त्रलाई प्रजातान्त्रिकरण गर्ने भन्ने कुरा सिद्धान्तकै बर्खिलाफ हो– उनले भने । तर परिआउँदा सेनाले पनि प्रजातन्त्रको रक्षार्थ महत्वपूर्ण योगदान दिएको उनीसँग अनुभव छ । पूर्व सेना प्रमुखले भने– सेनालाई लोकतान्त्रीकरण गर्ने नाममा संयन्त्र नै कब्जा गर्ने अवस्था मैले भोगेको छु । यस्तो परिवेश आफ्नो कार्यकालमा समेत आइलागेको उनले सुनाए । माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने नाममा यस्तो खेल हुन लागेको थियो, तर मैले त्यसलाई अस्वीकार गरें – उनी भन्छन् । त्यतिबेला प्रतिकार नगरेको भए आजको नेपाली सेनाको संरचना कस्तो हुन्थ्यो होला ? कल्पना गर्न पनि सकिन्न ।
२०६५ मा माओवादी नेतृत्वमा सरकार बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कटवाललाई सेना प्रमुखबाट हटाई नेपाली सेना कब्जा गर्न खोजेका थिए । तर सो निर्णय विरुद्ध कटवाल सतिसाल झैं अटल बसेपछि देशको राजनीतिले नै कोल्टे फेरेको थियो । सोही घटनातिर संकेत गर्दै उनले भने– हामीले त्यतिखेर अडान नलिएको भए कलमजीवी पत्रकारले आजको जस्तो स्वस्थ ढंगले लेख्ने वा आलोचना गर्ने छुट पाउने थिएनन् ।
देश ठूलो संकटमा रहेकाले राज्यका हरेक अंग जिम्मेवार हुनुपर्ने उनको धारणा छ । सबैतिरबाट अफ्ठेरो परेको अवस्था छ, त्यसैले सबैले संवेदनशील भएर सोच्ने र गर्ने बेला अहिले नै हो – कटवाल भन्छन् । जबसम्म नेतृत्व तहमा देश र जनताप्रतिको इमान्दारिता रहँदैन, तबसम्म तल बसेकाहरुले केही गर्न नसक्ने उनको ठहर छ । नेपाल र नेपालीको शीर उँचो बनाउने हो भने नेतृत्व तहबाटै इमान्दार प्रयासको थालनी हुनुपर्छ– पूर्व प्रधानसेनापति कटवालको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार