रेडियोबाट पढाइ शुरु : विद्यार्थी र शिक्षक उत्साहित
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार २३:५५:१३
◊ भोजराज कार्की
२३ जेठ सोलुखुम्बु । जब बिहान ७ः०० र साँझको ६ः०० बज्छ, तब गाउँगाउँका बालबालिका बिहान १०ः०० बजेको समयमा विद्यालय हिँडेझैँ रेडियो नजिक पुग्छन् । फेरि यहाँका स्थानीय रेडियोको प्रसारण साँझ, बिहानमात्रै होइन २४सै घण्टा हुन्छ । तर पनि साँझ र बिहान ती बालबालिकाका लागि सबैभन्दा नजिकको साथी रेडियो बन्नुको मुख्य कारण छुट्टै छ ।
बन्दाबन्दीका कारण विद्यालय शिक्षाबाट वञ्चित रहेका कक्षा १ देखि ८ सम्मका विद्यार्थी लक्षित ‘रेडियोबाट सिकाइ’ कार्यक्रम स्थानीय रेडियोबाट हरेक दिन प्रसारण हुन्छ । कार्यक्रम सुनेर सिक्नकै लागि उनीहरुले नियमित रेडियो सुन्ने गरेका छन् । कक्षा ७ मा अध्ययनरत थुलुङ दूधकोशी–६ मुक्लीकी दिव्या राईले लकडाउनका कारण पढ्ने बानी कम हुन थालेको भए पनि विगत एक महिनायता पुनः पढ्ने बानीको विकास भएको बताए । विद्यालय शिक्षाबाट वञ्चित दिव्याजस्ता कैयौँ बालबालिकालाई रेडियोको सिकाइ सहयोगी बनेको छ ।
यस्तै कक्षा ४ मा अध्ययनरत दिव्याकै बहिनी सुप्राज्ञ राईको पनि दैनिकी बदलिएको छ । अनलाइनमार्फत पनि कक्षा दोहो¥याई तेहे¥याई सुन्ने गरेको उनको भनाइ छ । शुरुमा अभिभावकले समेत बिहान बेलुकाको समयमा रेडियो सुन्न लगाउनुपर्ने भए पनि अहिले आफै पढ्न बस्ने गरेको अभिभावक धनरुपा राईको भनाइ छ ।
लकडाउनका कारण पठनपाठन ठप्प भएपछि सोलुखुम्बुमा नयाँ शिक्षण विधि अपनाइएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ‘रिड’ नेपाल नामक गैरसरकारी संस्थाले स्थानीय रेडियोमार्फत कक्षा सञ्चालन गरिरहेको छ । बन्दाबन्दीका कारण दुई महिनादेखि घरमा नै बस्न बाध्य बालबालिकाले रेडियोबाट सिक्ने वातावरण निर्माण भएपछि खुशी भएका छन् ।
जनजागृति मावि सल्लेरी कक्षा ३ मा पढ्ने सिसम राईले पनि रेडियोबाट सिक्न रमाइलो लागेको बताए । उनले पनि मोबाइलबाटै रेडियो सुन्दै आफ्नो कक्षा नछुटाई सुन्ने गरेको अभिभावक निमडोमा राईको भनाइ छ । जसबाट विद्यार्थीको शिक्षा लिन पाउने अधिकारसमेत सुरक्षित भएको उनले महसुस गरे ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय केन्द्रित ‘रेडियोबाट सिकाइ’कार्यक्रम सञ्चालन गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए। विगत एक महिनादेखि जिल्लाको सोलु र हिमाल एफएममार्फत उक्त कार्यक्रम प्रसारण भइरहेको छ । हरेक दिन साँझ र बिहान प्रसारण हुने रेडियोबाट सिकाइ कार्यक्रम प्रभावकारी भएको विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया छ ।
सोताङ क्षेत्रका विद्यार्थी सानो समूहमा मिलेर रेडियो सुन्ने र सिक्ने गरेको वरबोट आधारभूत विद्यालयका विद्यार्थी सुदीप कार्कीले बताए । आफ्नो घरमा रेडियो नभएकाहरु रेडियो हुने घरमा पुग्ने गरेको शिक्षकको भनाइ छ । सल्यानमा वरपरका साना साना नानीबाबुहरु ७ः०० बजे नै कापी कलम बोकेर रेडियो सुन्न आइपुग्ने गरेको शिक्षक चूडाकुमारी केसीले बताए । उनले रेडियो सुन्दै विद्यार्थीले सिक्दै गरेको र उनीहरुले नबुझेको कुरा आफूले बुझाउनका लागि सहजीकरण गरिरहेको बताए ।
त्यस्तै दूधकुण्ड हिमालय आधारभूत विद्यालयका विद्यार्थीले फोन गरेरै आज त कथा सुन्यौँ, गीत गायौँ मिस भनेर आफूलाई सुनाउने गरेको शिक्षक रमा कट्टेलले बताए । यो कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई समेत सहयोग पुगेको शिक्षक सुमन निरौलाको भनाइ छ । शिक्षक केशरी श्रेष्ठले रेडियो कार्यक्रम ज्यादै राम्रो भएकाले विद्यार्थीलाई सिकाइमा निकै टेवा पुग्ने विश्वास व्यक्त गर्दै आफूले पनि दैनिक कार्यक्रम सुन्दै आएको बताउए ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने र विद्यालय सञ्चालन नहुन्जेल निरन्तरता दिने रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीको भनाइ छ । अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा वैशाख २१ गतेदेखि रिड नेपालले नियमितरुपमा ‘रेडियोबाट सिकाइ’ कार्यक्रम प्रसारण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार