प्रहरी हवल्दार र स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण, पत्रकार उच्च जोखिममा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शनिबार १:३४:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-test_KaWkdNxEKk.jpg)
२३ जेठ, सप्तरी । प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टाइन खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा बोदे बर्साइन स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण भेटिएको बताए । सप्तरीमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीमा उनी पहिलो हुन । सङ्क्रमित स्वास्थ्यकर्मीलाई आज राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा रहेको आइसोलेसन सेन्टर ल्याइएको छ ।
यसअघि यही जेठ १५ गते सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीसहित क्वारेन्टाइनमा बसेका १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि जेठ १३ गते सोही क्वारेन्टाइमा बसेका आठ जना सङ्क्रमित भएका थिए । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित देखिएको बोदे बर्साइनमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी सहायक निरीक्षक पनि जेठ १३ गते सङ्क्रमित भएका थिए ।
क्वारेन्टाइनमा खटिएका प्रहरी, कर्मचारीपछि बोदे बर्साइन–५ भाटिनका ५० वर्षीय स्वास्थ्यचौकी प्रमुखमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा खटिएका अन्य स्वास्थ्यकर्मी र कर्मचारी सशङ्कित भएका हुन् । क्वारेन्टाइमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब दुई-दुई सातामा जाँच गर्न स्वास्थ्यकर्मीले माग गरेका छन् । जिल्लाका १८ मध्ये १२ स्थानीय तहमा सङ्क्रमण देखिएको छ ।
कोरोनासम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए । जिल्लाका सङ्क्रमित स्थानीय तहमा सञ्चारकर्मी बिना सुरक्षा उपकरण क्वारेन्टाइमा छिर्ने, अन्तर्वार्ता लिने, भिडियो बनाउने, फोटो खिच्ने, भारतबाट आएका र सीमामा रहेकाबीच गएर समाचार सङ्कलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेका उनले बताए । जिल्लामा क्वारेन्टाइमा बसेकासँगै प्रहरी, प्रशासन, कर्मचारी, स्वास्थ्यकर्मीको पीसीआर परीक्षण हुँदै आए पनि पत्रकारको नभएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी 'करिडोर' अवरुद्ध
असार १५, २०८१ शनिबार
काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने
असार १५, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा धान रोपाइँ
असार १५, २०८१ शनिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नजनाउने
असार १५, २०८१ शनिबार