सुनको भाउ तोलाको ८७ हजार ४०० पुग्यो
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १८:२३:५
२५ जेठ, काठमाडौं । आइतबारदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन चाँदीको नयाँ भाउ तोकेको छ । जस अनुसार आजको लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ कायम गरिएको हाे । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य भने ९२५ रुपैयाँ रहेको छ । लकडाउनपछि आज पहिलोपटक सुन चाँदीको भाउ निर्धारण गरिएको छ ।
लकडाउन अघिको तुलनामा सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ महँगो भएको छ । भन्सार दर बढाइनु अनि लकडाउनमा विश्व बजारमा सुनको भाउ पनि वृद्धि भएकाले अहिले मूल्य यसरी चुलिएको व्यवसायीको भनाई छ । सरकारले गरेको लक डाउनका कारण चैत १० गतेपछि सुनको मूल्य निर्धारण गरेको थिएन । चैत १० मा भने छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार र तेजावी सुनको भाउ प्रतितोला ७६ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने प्रतितोला ७ सय २० रुपैयाँ थियो । सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ मार्फत सुनको भन्सार दर बढाएको छ । यसले पनि सुनको मूल्य बढाएको हो । सरकारले यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ । जसअनुसार, तोलामा सुनको भाउ अब २३ सय ३२ रुपैयाँले महँगिएको छ । यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पु¥याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार