भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १३:३७:५१
२६ जेठ, कञ्चनपुर । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ ।
औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गरे ।
“समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने, “भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको सङ्क्रमण देखिएको छ, आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टाइनमा बसिरहेका व्यक्तिमा अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ ।”
उनका अनुसार क्वारेन्टाइनमा बसेका डडेल्धुरा जिल्लाका एक बासिन्दामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो र कञ्चनपुर जिल्लाको देखतभूली र लालझाडीमा गरी तीन व्यक्तिमा पि भाइभेक्स औलोको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले लालझाडीको भानु मावि र देखतभूलीका गरी भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका तीन जनामा औलोको सङ्क्रमण देखा परेकोमा तत्कालै परीक्षणपश्चात औषधि निःशुल्करूपमा उपलब्ध गराइएको बताए ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडीटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार