राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा पीसीआर परीक्षण सुरु
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १४:५४:५
◊ धीरुभाइ
२६ जेठ सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पीसीआर परीक्षण आइतबारबाट सुरु भएको छ । यस अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको स्वास्थ्य प्राविधिक टोलीद्वारा रियल टाइम पीसीआर मेसिन जडान कार्य तथा डेमो गरिसकेपछि औपचारिक परीक्षण सुरु गरिएको हो ।
पीसीआर मेसिनबाट पहिलो पटक १४ जनाको स्वाब परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । आइतबार दोस्रो पटक ४० जनाको स्वाब संकलन गरी परीक्षणको तयारी गरिएको उनले बताए ।
मेसिनको क्षमता अनुसार बिस्तारै परीक्षणको मात्रा बढाउँदै जाने उनले भने, दुई÷चार दिनभित्रै क्षमता बमोजिमको परीक्षणसम्म पुग्ने छ । प्राविधिकले एकपटक फुलफेज(पूरा क्षमता)मा परीक्षण गर्न नहुने बताएको मेसु दासले त्यसैले क्षमता क्रमशः बढाउँदै जादाँ फुलफेजमा पुग्न दुई÷चार दिन समय लाग्न सक्छ ।
पीसीआर मेसिन जडान गरी परीक्षण जाँचमा गलत (इरर) रिपोर्ट आउँदै गर्दा एक सातायतादेखि स्वाब परीक्षण सुचारु हुन सकेको थिएन । पूर्ण रुपमा परिणाम सहि नआउँदा पीसीआर प्रविधिबाट थ्रोट स्वाब परीक्षण विधिवत रुपमा सञ्चालन नआएको हो । एकसाता अघि जडित मेसिनबाट जाँचको प्रथम चरणको नमूना परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको हुन्थ्यो भने दोस्रो चरणको परीक्षण जाँचमा इरर आउने गरेको थियो ।
प्रदेश २ सामाजिक विकास मन्त्रालय जनकपुरले राजविराजका लागि पीसीआर मेसिन पठाएको थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएकोे पीसीआर प्रविधिबाट स्वाब परीक्षणको लागि जडान गरिएको उक्त मेसिन सञ्चालनका लागि राष्ट्रिय प्रयोगशाला टेकुबाट एक, अस्पतालले नियुक्त गरेको पाँच, अस्पतालकै प्रयोगशालाका एक स्वास्थ्य प्राविधिकले स्वाब परीक्षण गरिरहेको मेसु दासले जानकारी दिए । प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगी समेत गरी सात जना जनशक्ति परिचालन भएको बताए ।
भारतका विभिन्न संक्रमित स्थानबाट नेपालीहरु भित्रिन थालेपछि परीक्षणको दायरा बढाउनुको साथै तीब्र गतिमा परीक्षण गर्न आवश्यक भएको हुँदा सो मेसिन सुचारु भएपछि सहजता ल्याउने भएको छ । यस मेसिनमा एकै पटकमा ९६ वटा क्यासेटमा ९६ जनाको स्वाब परीक्षण गरिने क्षमता रहेको भएपनि एक पटका ९४ जनाको मात्र स्वाब परीक्षण गरिने अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिए ।
यहाँ पीसीआर जाँचको प्रयोगशाला नहुँदा स्वाब संकलन गरी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, बिराटनगर, जनकपुर, टेकु प्रयोगशालामा पठाईदै आएका थिए । त्यहाँबाट स्वाब रिपोर्ट आउन तीन÷चार दिनसम्म लाग्नुको साथै धेरै पटक कुदनु परेको झन्झट हुदै आएको थियो । ती प्रयोगशालाहरुमा स्वाब परीक्षणको चाप बढेपछि प्रयोगशालाहरुले सप्तरीको स्वाब लिन समेत पटक पटक अस्विकार गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार