कोरोनाविरुद्ध प्रतिरोध क्षमता बढाउने आयुर्वेदिक उत्पादन बजारमा
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १९:५:२
२६ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नेपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालिले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो ।
आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ । परापुर्वकालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुँदा गुर्जोको झोल पिउदै आएका छन् । भारतीय योग गुरु बाबा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउदै आएका छन् ।
यहि सर्वगुणकारी गिलोय ‘गुर्जो’का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालिले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको हो । गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए ।
‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरीरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोना विरुद्ध लड्न सकिने पुष्टि भएको छ’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ ।
कम्पनीका उत्पादनहरु आईएसओ र जीएमपी प्रमाणीकरण र डीडीएबाट पनि स्वीकृत छ । नेपाली जडिबुटीको प्रयोगबाट निर्मित आर्युवेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्न सक्ने र कुनै साईट इफेक्ट नभएको कम्पनीले जनाएको छ ।
यी उत्पादनहरुमा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट तत्व भएकाले नियमित सेवनले वालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्दै कोरोना लगायतका भाइसरबाट बचाउने छ । साथै पाचन क्रियालाई सक्रिय गराउने, शारीरिक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारीरिक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सीईओ शाहीले जानकारी दिए ।
कोरोना संक्रमण र लकडाउन अवधिमा पनि कम्पनीले स्वास्थ्य सजगता अपनाउदै उत्पादन तथा वितरण जारी राखेको छ । देशभर आफ्ना थोक तथा खुद्रा विक्रेतामार्फत सजिलै उत्पादन खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका बजार ब्यवस्थापक द्धारिका गौतमले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार